काठमाडौं— कम्पनी रजिष्ट्रार कार्यालयमा अनलाइन प्रणाली बिग्रिएको बहानामा कर्मचारीहरूले सेवाग्राहीसँग घुस लिने, मनपरी ढंगले फाइल ट्रान्सफर गर्ने, र सेवामा अनावश्यक ढिलासुस्ती गर्ने गम्भीर समस्या देखिएको छ।सेवाग्राहीहरूका अनुसार, अनलाइनमार्फत आवेदन स्वीकृत भइसकेपछि समेत भुक्तानी गर्न आवश्यक लिंक नखुल्ने, प्रणाली बारम्बार डाउन हुने, र सम्पूर्ण प्रक्रिया नै अपारदर्शी बनाइएको छ। यस्तो अवस्थाले गर्दा कार्यालयमा दैनिक कामकाज प्रभावित हुँदै आएको छ।कार्यालय स्रोतका अनुसार हालसम्म झन्डै १८ हजार ७९३ आवेदनहरू पेन्डिङ अवस्थामा रहेका छन्। तीमध्ये ११ हजारभन्दा बढी आवेदनहरू सुब्बा तहमै रोकिएका छन्। फाइल स्वीकृ
रामेछाप - लगातारको वर्षासँगै आएको पहिरो र लेदोका कारण बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी छ । राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा तीन ठाउँमा सडक अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास आज बिहानदेखि सुरु गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार रोशी गाउँपालिका–११ माम्तीस्थित सडक खण्डमा आएको भेल बाढीले कटान गर्दै सडक पूर्णरूपमा बन्द गराएको छ। त्यस्तै, रोशी–९ स्थित खहरे खोलाबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको छ। बिरुवाडाँडामा समेत खहरे खोलाको लेदो पस्दा यातायात पूर्ण रूपमा
काठमाडौं— सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार दिउँसो बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यो विधेयकमा कुलिङ अफ पिरियडबारे चलखेल भएको थियो । जसलाई राष्ट्रिय सभाबाट सच्चाउने अपेक्षा गरिएको छ ।मन्त्री गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुस रकम डिल गरेको अडियो सार्वजनिक भएपछि सत्ता र प्रतिपक्षीका सांसदहरूले उनको राजीनामा र सरकारको जवाफ
काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका छ ।विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ ।कोरिया जान्छु भनेर काठमाडौं आएका विजय कसरी काठमाडौंमै अलमलमा पर्दा सपना पनि गन्तव्यहीन भइरहेको छ भन्ने टिजरमा उल्लेख छ । सामान्य जानकारी समेत नलिई तय गरिएको गन्तव्यमा पुग्न कति कठिन छ भन्ने तथ्य टिजरले उजागर गरेको छ । परिवारको दुःख कटाउने सपना बोकेर हिँडेको पात्
काठमाडौं— बरुण हाइड्रोपावर कम्पनीले आज असार ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। यस अनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गरेकोले जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रल यस हकप्रदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा साउन १९ गतेसम्म आवेदन दिन
काठमाडौं – परराष्ट्र मन्त्री आरजु राणा देउवाले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफुले गरेका कामहरुको विवरण सावर्जनिक गरेकी छन् ।मन्त्री राणाले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको परराष्ट्रमन्त्रीमा नियुक्त भएयता मन्त्राल मार्फत भएका कामहरुको विवरण सार्वजनिक गरेकी हुन् । आफुले मन्त्रालय सम्हाले पश्चात कूटनीतिक ‘इङ्गेजमेन्ट’ बाट नेपालको परराष्ट्र नीति थप सुदृढ बन्न पुगेको उनको भनाई छ ।विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा सहभागिताका साथै द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ताहरुमा मन्त्री राणाले नेपालका राष्ट्रिय एजेण्डाहरु राख्नुका साथै राष्ट्रिय स्वार्थका पक्षमा वकालत गरिरहेकी छन् ।&nb
काठमाडौं— अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।लुइजियाना राज्यको हाइवे ८० मा भएको कार दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय रजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना घाइते भएका छन् ।स्थानीय समयअनुसार शनिबार जुलाई १३ तारिख राति करिब ९ बजे भारी वर्षाको क्रममा यादवले चलाएको होंडा एकॉर्ड कार अनियन्त्रित भइ सडक छेउमा रहेको रूखमा ठोक्किएपछि आगो लागेर जलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।यादव र ओलीले सीट बेल्ट लगाएका थिए वा थिएनन् भन्ने विषयमा स्पष्ट भइनसकेको बताइएको छ ।घाइते दुई जना नजिकैको अस्पतालमा उपचाररत छन्
काठमाडौं— नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ओझाको कार्यक्षमता र पदीय जिम्मेवारीप्रति प्रश्न उठाउँदै छानबिन समिति गठन गरेसँगै उनी निलम्बित भएका हुन् ।बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार, अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।अध्यक्ष ओझामाथि फर्जी कागजात पेस गरी पद प्राप्त गरेको भन्ने आरोपमा सर्वोच्च अदालतमा रिट दायर भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार, सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।सरकारले छानबिन समिति गठन गर्दै ओझालाई पदमुक्त गर्ने
काभ्रेपलाञ्चोक— बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए । उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मं
काठमाडौं— सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। टेलिभिजनले आज प्रकाशित गरेको सूचनाअनुसार, इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। तोकिएको अवधिभित्र र रितपूर्वक आवेदन नदिने उम्मेदवारहरूलाई परीक्षामा सहभागी नगराइने सूचनामा उल्लेख छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.