समाचार

    Showing 11,951-11,960 of 23,643 items.
  • राजावादीको आन्दोलनमा घरभित्र जलेर एभिन्युजका पत्रकारको मृत्यु

    काठमाण्डौ  ।  एभिन्युज टीभीले आफ्नो समाचारमा राजावादीको प्रदर्शनको खबर संकलनका लागि पुगेका पत्रकार आगजनी गरिएको घरमा जलेर मृत्यु भएको छ।राजावादीको आन्दोलनका क्रममा आगजनी भएको तीनकुनेको घरमा एक जनाको डढेको अवस्थामा शव भेटिएको छ। नेपाल प्रहरीका अनुसार आगजनी भएको घरमा एक जनाको शव भेटिएको हो। मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजक हुन्।उनी घरको छतबाट आन्दोलनको दृष्य कैद गर्दै थिए । त्यसक्रममा अचानक घरमा आगजनी भएपछि उनी बाहिर निस्किन भ्याएनन् ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 219 पटक पढिएको
  • राजावादीले आगजनी गरेको घरमा जलेर एक पत्रकारको मृत्यु

    काठमाडौं— राजावादी समूहले आगजनी गरेको घरमा जलेर एभिन्युज टीभीमा कार्यरत पत्रकारको मृत्यु भएको जनाइएको छ ।एभिन्युज टीभीले आफ्नो समाचारमा राजावादीको प्रदर्शनको खबर संकलनका लागि पुगेका पत्रकारको आगजनी गरिएको घरमा जलेर मृत्यु भएको समाचार प्रशारण गरेको छ । घरको चौथो तलामा एउटा शव फेला परेको प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिए ।उनले एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको हुन सक्ने अनुमान भए पनि पुष्टि नभएको बताए । एभिन्युजका पत्रकार शिव दाहालले दिएको जानकारीअनुसार घरको छतमा बसेर आन्दोलन कैद गरेका पत्रकार सुरेश रजक आजगनीपछि सम्पर्कमा थिएनन् ।रजकका भान्जा राजेशले दिएको जानकारीअनुसार मामा स

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 237 पटक पढिएको
  • गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई सरकारको अपिल

    काठमाडौँ । सरकारले अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई अपिल गरेको छ । गृह मन्त्रालयद्वारा आज साँझ जारी प्रेस विज्ञप्तिमा कानुनको उल्लङ्घन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ । पूर्व राजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनका क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिसात्मक प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 333 पटक पढिएको
  • थामेमा जलवायुजन्य विपद्को जोखिम कायमै

    काठमाडौँ । गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ स्थित थामेखोला जालाधारको माथिल्लो तटीय क्षेत्रमा हिमताल विष्फोटका कारण आएको बाढीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनले थामेमा अझै पनि यस्ता जलवायुजन्य प्राकृतिक जोखिम कायमै रहेको उल्लेख गर्दै न्यूनीकरणका लागि आवश्यक पहलका लागि सुझाव दिएको छ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले थामे र अन्य स्थानमा रहेका हिमताल विष्फोटको जोखिममा रहेको उल्लेख गर्दैै क्षति न्यूनीकरणका विषयमा छलफल आवश्यक रहेको बताए । ‘सम्भावित जोखिमका विषयमा विस्तृत अध्ययन गर्न जरुरी

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 224 पटक पढिएको
  • सुरु भयो चियाको पहिलो टिपाइ

    मङ्गलबारे (इलाम) । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन । गत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको किसान दीपक खतिवडाले बताए । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भनिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । यस याममा चियामा पानीको मात्रा कम हुने भएकाले यसलाई राम्रो चियाका रूपमा लिने गरिन्छ । जिल्लाका तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा चियाको टिपाइ चैतदेखि सुरु हुन्छ । तर केही माथिल्लो

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 273 पटक पढिएको
  • दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारि

    काठमाण्डौ । काठमाण्डौमा शुक्रबार भएको आगजनी र लुटपाटमा घटनामा मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्ने भएको छ।भिडलाई उक्साएर अराजकता मच्चाएको आरोपमा प्रहरीलाई प्रसाईँलाई समात्न आदेश दिइएको हो। उनीविरुद्ध शुक्रबार नै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन्। गृह मन्त्रालयका सहसचिव छवि रिजालले प्रसाईँलाई पक्रने तयारी भइरहेको जानकारी दिए।आगजनी र लुटपाटपछि स्थिति नियन्त्रणमा लिन सरकारले तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 279 पटक पढिएको
  • सबै समुदायको आस्थाको केन्द्र बन्दै ‘विक्रमबाबा’

    चितवन । यहाँका आदिवासी थारु समुदायले सदियौँदेखि पुज्दै आएको विक्रमबाबालाई अहिले सबै समुदायले आस्थाको केन्द्र बनाएका छन् । थारु समुदायले तीनै लोकका ठकुराइन (मालिक) का रुपमा पुज्ने गरेको विक्रमबाबालाई पछिल्लो समय सबै जातजातिले पुज्ने गरेका हुन् ।चितवन राष्ट्रिय निकुञ्जभित्र रुखको फेदमा रहेको विक्रमबाबा पूजास्थलमा तराई र पहाडी मूलका साथै सबै जातजातिले पुज्ने गरेका छन् । थारु कल्याणकारी सभा चितवनका सचिव एवं पत्रकार सन्तकुमार चौधरी थारु समुदायको पनि गुरौँ घरानाले मात्रै पुज्ने गरेको विक्रमबाबामा विस्तारै थारुकै अरु समुदाय पनि भाकल गर्न जाने गरेको बताउँछन् । उनले भने, ‘थारु समुदायको पनि गुरौँ घरानाल

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 368 पटक पढिएको
  • राजावादीहरुको आन्दोलनमा एक प्रदर्शनकारीको मृत्यु

    काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने बर्ष २९ को सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै राजावादीहरुको आन्दोलनका क्रममा कमाण्डर दुर्गा प्रसाईले गरेकाले उनी र आयोजक संस्थाले नै क्षतिको जिम्मेवारी लिनुपर्ने गृहको दाबी छ । तर यता समाजवादी मोर्चाको आन्दोलनमा शान्तिपूर्ण भएको र १८ हजार सहभागि भएको गृह मन्त्रालयको भनाइ छ । गृहका अनुसार निजी संरचना, अस्पताल तोडफोड गर्ने काम भएकाले त्यो क्षमायोग्य छैन् । आपराधिक कृयाकलापमा संलग्न सबैलाई कानुनी कारवाहीलाई ल्याइनेपनि गृह मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 347 पटक पढिएको
  • जनआन्दोलन जनताकै नियन्त्रणमा हुन्छ; संयुक्त जनआन्दोलन परिचालन समिति

    काठमाण्डौ । राजसंस्था पुनर्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनमा सरकारले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेको छ ।समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै सत्ताधारीहरूले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेका हुन् । उनले निजी घरभित्रबाट समेत भएको दमनका कारण आक्रोशित जनसमुदायबाट आत्मरक्षाका लागि प्रतिकार भएको दावी पनि गरेका छन् ।प्रेस विज्ञप्ति                                       मिति : २०८१।१२।१५जनआन्दोलन जनताकै नियन्त्रणमा हु

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 401 पटक पढिएको
  • राजावादीहरुको प्रदर्शनमा तीन सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते

    काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजवादीहरुको प्रदर्शनमा हालसम्म तीन जना सुरक्षार्की र १५ जना प्रदर्शनकारी घाइते भएका छन् । नेपाल न्यूजबैंकसँगको कुराकानीमा प्रहरी प्रवक्त डीआईजी दिनेश आचार्यले अहिलेसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकरी दिए । उनले भने,अहिलेसम्म तीन जना सुरक्षाकर्मी घाइते हुनुभएको छ । साथै १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।’उनले कफ्र्यु आदेश गरिसकेको भएपनि अवस्था सामान्य नबनेको बताए । आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 217 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.