समाचार

    Showing 11,951-11,960 of 19,825 items.
  • सर्लाहीको बरहथवामा फेरि कर्फ्यू

    काठमाडौं । प्रहरीको गोली प्रहारबाट १ जनाको ज्यान गएपछि भएको तानव सर्लाहीमा अझै जारी छ। तनाव कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले आज(आइतबार) दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मलाई कर्फ्यू लगाएको छ।गएको शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि पनि सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो । कर्फ्युपछि शनिबार बिहान ८ बजेदेखि २४ घण्टाका निम्ति निषेधाज्ञा जारी गरिएको थियो। साहको मृत्युपछि सरकारले राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा समेत गरिसकेको छ।साथै सो घटनाबारे सत्य तथ्य छानबिन गरी ७ दिनभि

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 294 पटक पढिएको
  • लागुऔषधसहित एक युवती र एक युवक पक्राउ

    काठमाण्डौ । अछामबाट एक युवती र एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। साँफेबगर नगरपालिका–३ टोटासालबाट लागूऔषधसहित युवतीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले बाजुरा बुढीनन्दा नगरपालिका–५ पाण्डुसैनकी ३३ वर्षीया पशुपती थापालाई टहरामा राखेको २० ग्राम ३३० मिलिग्रामसहित पक्राउ गरेको हो। त्यस्तै बुढीनन्दा नगरपालिका–४ मष्टामाडौंका २४ वर्षीय छितिज बुढालाई पनि ८ ग्राम ५ सय ९० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 263 पटक पढिएको
  • नेपाल एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न सर्बोच्चको अन्तरिम आदेश

    काठमाडौं। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु)लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार निगमका नाममा परिचारक र परिचारिकालाई सेवा सुविधामा फरक पर्ने गरी कुनै पनि कदम नचाल्न अन्तरिम आदेश गरेको हो।निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु अनन्तराज लुइँटेल, कीर्तिनाथ शर्मा पौडेल, लीलाधर उपाध्याय, प्रतिभा उप्रेती, विशाल थापालगायतले बहस गरेका थिए। अदालतले निवेदकहरु करारका कर्मचारी भएकाले कारबाही गर्ने, करार भङ्ग गर्ने तथा सेवा सुविधामासमेत हस्तक

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 160 पटक पढिएको
  • केकभित्र गाँजा मिसाएर बेचेको आरोपमा एक महिला पक्राउ

    काठमाडौं । केकभित्र गाँजा मिसाएर अनलाइनमार्फत् बिक्री वितरण गरेको आरोपमा  काठमाडौं–२९ घट्टेकुलोका २६ वर्षीय विशन मानन्धरलाई शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले घरैबाट पक्राउ गरेको हो।उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा बम्ब डट ओआएनजी अन्डरस्कोर नामक अकाउन्ट बनाइ अवैध रुपमा विज्ञापन गर्दै अनलाइनमार्फत् गाँजाको बिक्री वितरण गर्ने गरेको ब्यूरोका एसपी तथा प्रवक्ता चक्रराज जोशीले जानकारी दिए। उनले लागु औषध मुफिन समेत प्रयोग गरेर केक बनाउने गरेको पाइएको प्रहरीले बताएको छ।मानन्धरको कोठाबाट १ सय २१ ग्राम धुलो गाँजा समेत बरामद भएको छ। त्यसैगरी तयारी अवस्थाको केको झोला १ सय ७८ ग्राम, ३ क

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 266 पटक पढिएको
  • विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक महिला पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा श्रीलङ्काकी कान्थीमाथी काभास्कर रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फ्लाइ दुबईबाट आएकी ती महिलाले लगाएको भित्रिबस्त्रमा प्लास्टिकले बेरेको अवस्थामा अर्धठोस अवस्थामा दुई पोकामा एक किलो तीन सय ग्राम सुन बरामद गरिएको छ ।दुबईबाट आएकी ती महिलालाई शनिवार राति करिब १२ बजे पक्राउ गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 500 पटक पढिएको
  • भन्सार विभाग र जिल्ला कार्यालय अनिश्चितकालसम्म ठप्प पार्ने चेताबनी

    काठमाडौं ।  आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी गर्नुपर्ने  माग गर्दै आन्दोलन गरेको हो ।  संघर्ष समितिका संयोजक रन्जुकुमारी साहका अनुसार तेस्रो चरणको आन्दोलनका क्रममा २७ पुसमा राजस्व नीति बारे अर्थ बिज्ञहरुसंग काठमाडौंमा अन्तरक्रिया कार्यक्रम, २५ पुसर देखी १० माघ सम्म सिमाक्षेत्रका स्थानिय तहहरुमा भेला, अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने कार्यक्रम रहेको जनाएकी छन् ।यसैगरी ६ माघमा भन्सार नीति बारे राजनीतिक पार्टी तथा सांसदहरुसंग छ

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 240 पटक पढिएको
  • अवैध औषधिसहित दुई युवक नियन्त्रणमा

    काठमाण्डौ । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतबार बिहान ४ बजे जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ९ चण्डालचोकस्थित नेपाल–भारतको सीमा नाकाबाट बेलाटारीतर्फ आउँदै गरेको गाडि अबैध औषधि सहित गाडी नियन्त्रणमा लिएको छ।प्रदेश नं ३ ०१–००२ च ८९९६ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त कारभित्र ६ काटुन अन्दाजी मूल्य २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको सर्जिकल सामग्री तथा विभिन्न प्रकारका औषधिहरु नियन्त्रणमा लिएको छ ।कारको अन्दाजी मूल्य १० लाख गरी ३९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको सामान बेलाटारीले नियन्त्रणमा लिएर गोरखा जिल्ला गण्डकी गाउ

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 338 पटक पढिएको
  • सर्लाही घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

    सर्लाही । सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मारिएका युवक जयशंकर साहको शव दुईदिनदेखि उठ्न सकेको छैन । आफ्नो मागप्रति प्रशासनले सहमति नजनाउँदा मृतक परिवार तथा आन्दोलनकारीले जयशंकरको शव उठ्न नदिएका हुन् ।शव व्यवस्थापन र प्रदर्शन रोक्ने विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा चलेको छलफल बिना निष्कर्श सकिएको थियो ।आज(आइतबार) बिहान ८ बजेको लागि पुनः आन्दोलनरत्त पक्ष, मृतक परिवारसहित छलफलको लागि इलाका प्रशासन कार्यालय बरहथवामा बैठक डाकिएको छ । हिजोको छलफलबाट केही विषयमा सहमति भएको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले बताए । अहिले चल्ने छलफलबाट निष्कर्ष निस्कन

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 357 पटक पढिएको
  • आन्तरिक ऋण उठाउन केन्द्रिय बैंकमार्फत विकास ऋणपत्र जारी गर्दै

    काठमाडौ । नेपाल सरकारले विकास ऋणपत्र मार्फत आन्तरिक ऋण उठाउने भएको छ ।७ अर्बको आन्तरिक ऋण उठाउनको लागि नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारीगर्न लागेको राष्ट्र बैंकले एक सुचना जारी गदै जनाएको हो। यस ऋणपत्रका लागि आइतबार पुस २२ गते दिउँसो २ बजे बोलकबोल हुने भएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ ।बैंकले सो ऋण ८ वर्षे अवधि भएको विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्न लागेको जनाएको छ । यसको निष्कासन मिति भने पुस २३ गते तोकिएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । सूचनामा उल्लेख  गरिए अ

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 188 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन

    काठमाण्डौ । निर्वाचन आयोगले आगामी माघ ११ गते १९ सदस्यका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्दैछ ।अन्तिम मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने आयोगले जनाएको छ ।पुस २० गते प्रारम्भिक नामावली निकालेको आयोगले हिजोका लागि मतदाता नामावलीमा दाबी, विरोध तथा कुनै त्रुटी भए सच्याउन समय दिए पछि आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।आयोगका अनुसार भोलि उम्मेदवारको मनोनयन दर्ता बिहान १० देखि दिउँसो तीन बजेसम्म हुनेछ । मनोनयन दर्ता भएपछि उम्मेदवारको विरोधमा उजुरी भए पुस २४ गते उजुरी दिन सकिनेछ ।यस्तै उम्मेदवारको म

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 288 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा