समाचार

    Showing 11,871-11,880 of 25,764 items.
  • भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ ।  दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको हो ।दिल्लीस्थित नेपाली दूतावासका कर्मचारीको टिमले महिलालाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाइएको छ । त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री लेखकल

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 568 पटक पढिएको
  • आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्की पार्टी प्यालेसमा विशेष पत्रकार सम्मेलन

    काठमाण्डौ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बानेश्वरस्थित कार्की बैंकिटमा आज शुक्रबार दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन गर्दै छिन।सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप छ ।गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको छ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 549 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर पहाडी भूभागमा साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा  भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति कोसी प्रदेश लगायत देशका पहाड

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 447 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६२ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७८ पैसा , युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ६२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७४ रूपैयाँ ३८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ २१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ३३ पै

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 333 पटक पढिएको
  • झापा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु

    विराटनगर । झापा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।साउन ०७ गते सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधिन पक्की घरमा छत ढलान गर्न फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विधुतको नाङ्गो तारमा छुन पुग्दा कामदार बर्जु गाउँपालिका– ६ का ३५ बर्षीय नन्द कुमार चौधरीको मृत्यु भएको हो भने गढी गाउँपालिका–३ का ३२ बर्षीय श्रवण चौधरीको उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाईएको छ । सोही दिन साँझ झापाको गौरादह नगपालिका– ७ की ७७ बर्षीया तेज कुमारी उप्रेतीलाई आफ्नै गाई गुवालीमा कुटी काट्ने क्रममा अचानक विधुत सट भई करेन्ट लाग्दा उनको घटना स्थलमानै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिरा

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 292 पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध विद्यार्थी आन्दोलन सुरु

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार वटा विभागहरुको शुल्क घटाउनुपर्ने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समितिले आन्दोलन सुरु गरेको छ ।आजदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयभित्र धर्ना सुरु गरिएको छ । आन्दोलनमा सहभागी विद्यार्थीहरूले शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ  गरिव विद्यार्थीको छातीमा गोली, यो त केन्द्रिय विभागको नीतिमा झोली, भन्ने नारासहित प्रदर्शन गरेका छन् ।आन्दोलन संयोजक मनिष चम्लागाईले बताए अनुसार, केन्द्रीय विभागमा गाभिएका नयाँ विभागहरूमा शुल्क घटाइनु पर्छ । विद्यार्थीहरूमाथि आर्थिक भार हु

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 465 पटक पढिएको
  • थाइल्यान्ड र कम्बोडियाबीच तनाव : १२ जनाको मृत्यु

    एजेन्सी । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ । झडपमा ११ थाई नागरिक र एक सैन्य कर्मचारीको मृत्यु भएको थाई स्वास्थ्यमन्त्रीले जनाएका छन् ।झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको हो । थाइल्यान्डले आफ्ना सबै नागरिकलाई कम्बोडिया छाड्न भनेको छ ।  जसका कारण कम्बोडियासँगको सम्पूर्ण सीमा बन्द गरिएको छ ।यता, कम्बोडियाले भने थाइल्यान्डमाथि ‘अत्यधिक बल’ प्रयोग गरेको आरोप लगाउँदै बैंककसँगको सम्बन्धलाई कमजोर बनाएको जनाएको छ । कम्बोडियाले थाई गाउँमा रकेट प्रहार गरेको र एक अस्पतालमाथि आक्रमण गरेको आरोप लागेको छ । त्यस्तै थाइल्यान्डले कम्बोडियाली

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 473 पटक पढिएको
  • जिल्ला प्रहरी कार्यालय पाँचथर उत्कृष्ट घोषित: कार्य सम्पादन सम्झौता समिक्षा कार्यक्रम सम्पन्न

    विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८१/८२ को बार्षिक कार्य सम्पादन सम्झौता (कासस) अनुसार सम्पन्न कार्यहरूको समिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भर्चुअल समिक्षा कार्यक्रममा कोशी प्रदेशअन्तर्गतका सबै जिल्ला तथा मातहत प्रहरी कार्यालयका प्रमुखहरूले आ(आफ्नो कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए।समिक्षा क्रममा प्रस्तुत तथ्यांकहरूको विश्लेषण गर्दा जिल्ला प्रहरी कार्यालय पाँचथरले कार्य सम्पादन सम्झौतामा तोकिएको शतप्रतिशत लक्ष्य हासिल गर्न सफल भएकोले सर्वोत्कृष्ट जिल्ला प

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 467 पटक पढिएको
  • अत्यधिक मदिरा सेवन गरेर दुई जनाको मृत्यु

    झापा— अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् ।शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयबाट जानकारी पाएको उनले बताए । निजले कनकाईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आएका थिए ।यसैगरी, विर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुङ्गुर फार्ममा ६५

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 617 पटक पढिएको
  • बर्दिवासमा कार्यरत चिकित्सक जबर्जस्ती करणी र गैरकानुनी गर्भपतनको आरोपमा पक्राउ

    महोत्तरी – बर्दिवासस्थित डी एण्ड बी मेडिकेयर अस्पतालका चिकित्सक डा. प्रविण मिश्रलाई जबर्जस्ती करणी र गैरकानुनी गर्भपतनको आरोपमा प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्रकुमार भट्टका अनुसार इलाका प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले डा. मिश्रलाई पक्राउ गरेको हो।सर्लाहीको बलरा घर भई हाल बर्दिवासमा कार्यरत डा. मिश्रले १६ वर्षीया किशोरीको १० हप्ताको गर्भपतन गराउँदा अत्यधिक रक्तस्राव भएर उनी अचेत भएपछि अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएका थिए।प्रहरीका अनुसार डा. मिश्रले किशोरीमाथिको जबर्जस्ती करणी लुकाउन कानुनी प्रक्रिया नअपनाई अवैधानिक रूपमा गर्भपतन

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 536 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.