समाचार

    Showing 11,871-11,880 of 19,804 items.
  • प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका १३ कर्मचारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयबाट १३ जनालाई हटाइएको छ ।प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार सचिवालयका १३ जनालाई हटाइएको हो ।माघ १ गतेदेखि लागु हुनेगरी उनीहरुरूलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।हटाइनेमा स्वकीय सहसचिवदेखि सवारी चालकसम्म छन् ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 276 पटक पढिएको
  • मधेस प्रदेशमा सत्ता गठबन्धनले विरोध प्रदर्शन गर्यो

    जनकपुर । मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्दागर्दै सत्तारुढ दलले नै विरोध प्रदर्शन गरेको छ । बुधवार मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यप्रगितबारे जानकारी गराएको थियो ।जनकपुरको महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वर्ष दिनको कार्य प्रगतिबारे जानकारी गराइरहेको बेलामा जनमत पार्टीका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् ।उनीहरुले साइकल चोरलाई कारबाही गर्, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएर विरोध गरेका हुन् ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 161 पटक पढिएको
  • बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको छ

    काठमाडौं  ।  बुधबार बसेको मन्त्रिपरिषद बैठकले गरेका ६ बुँदे  निर्णयबारे सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिएकी हुन्।बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु-१. नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा श्री पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने ।२. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।३. राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्व

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 270 पटक पढिएको
  • काठमाडौंमा विदेशी ब्राण्डेड रक्सीको बोतलमा सस्तो रक्सी मिसाएर बिक्री गर्ने गिरोह पक्राउ

    काठमाडौं ।  अपराध अनुसन्धान महाशाखाको टोलीले  विदेशी ब्राण्डेड रक्सीको बोतलमा सस्तो रक्सी मिसाएर बिक्री गर्ने गिरोहमा संलग्न ९ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।गिरोहका सदस्यहरुले ब्राण्डेड रक्सीको बोतलमा केमिकल र सस्तो रक्सी मिसाउने गरेको खुलेको छ । त्यसरी तयार पारिएको रक्सी उनीहरुले काठमाडौंका विभिन्न होटल र रेष्टुरेन्टमा बजार भाउभन्दा सस्तो मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ ।डबल ब्ल्याक, चिभास, ब्ल्याक लेभललगायत महंगो रक्सीको बोटलमा सस्तो रक्सी, भोड्का, रम लगायत मिसाएर बेच्ने गरेको अनुसन्धानमा देखिएको छ । अन्त शुल्क स्टिकर टाँसेर ब्राण्डेड नयाँ बोतलमा नक्कली रक्सी रा

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 329 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराई भू–भागमा भने हुस्सु/कुहिरो लागिरहेको उसले बताएको छ।दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।राति  कोशी, गण्

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 174 पटक पढिएको
  • आज भूकम्प सुरक्षा दिवस मनाइँदै

    काठमाण्डौ  ।  आज भूकम्प सुरक्षा दिवस मनाइँदै छ । १९९० सालको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न दिवस मनाउन लागिएको हो ।भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउन दिनका रूपमा मनाउने गर्छन् ।मंगलबार ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवस मनाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।चन्द्रा

    • प्रकाशित मितिः माघ २, २०८०
    • 239 पटक पढिएको
  • नारायणगढ-मुग्लिन सडकखण्डको ३ नम्वर पुलबाट त्रिशुलमा गाडी खस्यो

    चितवन  ।  नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ ।अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ । मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले  भने, ‘पानीमा बत्ती बलेको पनि देखिएको थियो । अहिले चाहिँ बत्ती निभेको छ । तर गाडी कस्तो खालको हो, कत्रो हो, कहाँ जाँदै थियो भन्ने केही खुलेको छैन ।’ घटनास्थलमा पाईएका गाडीको नम्बर प्लेट अनुस

    • प्रकाशित मितिः माघ २, २०८०
    • 411 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका अतिरिक्त बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। साथै तराईका अधिकांश स्थानहरू हुस्सु/कुहिरोले ढाकेको महाशाखाले जनाएको छ।दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका

    • प्रकाशित मितिः माघ २, २०८०
    • 196 पटक पढिएको
  • प्लाष्टिकको गोदाममा आगलागी

    काठमाण्डौ    ।   तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा आज (सोमबार) राति साढे आठ बजेतिर आगलागी भएको छ।तुलसीपुर ५ का व्यवसायी प्रमोद सोनीको प्लाष्टिकको गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए।नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। आगलागी भए लगत्तै तुलसीपुरउपमहानगरपालिकाको दमकल र स्थानीयका पानी ट्याङरको सहायताले आगो निभाउने प्रयास भइरहेको छ। गोदाम नजिकका घरमा रहेकाहरुलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा

    • प्रकाशित मितिः माघ १, २०८०
    • 223 पटक पढिएको
  • हुन्डी कारोबारमा संलग्न २ जना पक्राउ

    काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाडौं कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई काठमाडौं सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेका छन् । काठमाडौं महानगरपालिका-२२ महाबौद्ध एरियामा भिमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई काठमाडौं महाबौद्धबाट पक्राउ ग

    • प्रकाशित मितिः माघ १, २०८०
    • 226 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा