काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको हो ।
दिल्लीस्थित नेपाली दूतावासका
कर्मचारीको टिमले महिलालाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा
लगाइएको छ ।
त्यसैगरी गृहमन्त्री रमेश
लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका
छन् । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन ब्यूरोलाई आवश्यक छानबिन गरी
दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।