काठमाडौं – काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र निजी सम्पत्ति बाहेक सार्वजनिक स्थलहरु धुम्रपान निषेध गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट महानगरभित्रका सार्वजनिक स्थलहरु धुम्रपान निषेध गर्ने निर्णय गरेको भन्दै यसलाई लागू गर्न श्रावण ९ गतेदेखि महिनाभर प्रचारप्रसार गर्ने र भदौ १ गतेबाट जरिवानामा जाने जानकारी दिए । उनले सार्वजनिक स्थलहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय पनि भएको पनि जानकारी दिएका छन् । उ
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी छन् ।
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणाले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चैत्र १५ गते भएको घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । उनले दोषीलाई कारवाही र निर्दोषलाई रिहा गर्न सरकारसँग आग्रह गरे ।सांसद राणाले उक्त दिनको घटनालाई गम्भीर भन्दै भने, ‘यदि यति गम्भीर घटनाको छानबिन गरिन्न भने अरु के को गरिन्छ? दोषीमाथि कारवाही होस् र निर्दोष रिहा होस् भन्ने मेरो माग हो ।’उनका अनुसार आन्दोलनका क्रममा प्रहरीको बल प्रयोगपछि प्रदर्शनकारीहरू उत्तेजित भई तोडफोड तथा आगजनीका घटनाहरू भए । ‘त्यसबीच केही साथीहरू ज्यान जोगाउन एक गल्लिको सटरभित्र आश्रय लिन पुगेका थियौं
हेटौँडा— बागमती प्रदेश सरकारका चारजना कांग्रेस मन्त्रीले शुक्रबार एकैसाथ राजीनामा दिएका छन्। यो घटनालाई प्रदेश कांग्रेसभित्रको आन्तरिक असन्तोषको संकेतका रूपमा हेरिएको छ।राजीनामा दिने मन्त्रीहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन्। यी सबै मन्त्री नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका थिए।हाल बागमती प्रदेश सरकारमा कांग्रेसका ८ जना मन्त्री छन्, जसमा चारजनाले पदत्याग गरेपछि सत्ता समीकरणमा नयाँ तरंग आएको छ।स्रोतका अनुसार, य
काठमाडौं – स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शुक्रबार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न उठाएका छन् । उनले यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भएको भन्दै सरकारको कडा आलोचना गरेका हुन् । उनले भने, ‘यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भयो कुर्सीकै लागि यत्रो हानथाप हुँदा जलस्रोतको धनी देश आज सुख्खाको चपेटामा परेको छ ।’सिंहका अनुसार तराई–मधेस क्षेत्र सुख्खाग्रस्त भइरहँदा त्यही क्षेत्रमा अवस्थित चन्द्र नहर (मधेस) र बम नहर (रौतहट–बारा) जस्ता ठूला सिँचाइ आयोजनामा पानी नहुँनु सरकारको
काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाबारे धेरै चिन्ता गर्नु नपर्ने बताएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसाबाट बाहिर गएर उतैको नागरिकता लिएका र घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसकेको टिप्पणी गरेका हुन् । उनले भने, ‘भिजिट भिसाबारे साथीहरूले दुई महिनादेखि धेरै चिन्ता गरिराख्नुभएको छ । त्यो गर्नुपर्दैन । हामीले एउटा अभ्यास गरिसक्या छौं । भिजिट भिसामा बाहिर जाने, त्यहीको नागरिकता लिने, त्यही घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने दुईचार वटा अरू काण्ड पनि मच्याउने, पार्टी खोल्ने त्यसपछि गृह, अन्यमन्त्री हुँदै उपप्रधानमन्त्र
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । शुक्रबार सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । दुवै दलका सांसदहरूले आफ्नो कुरा राखेपछि दुवै पार्टीका सांसदहरू संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।
कैलाली— टीकापुर नगरपालिका–२ बन्दिपुरस्थित एक स्थानीय पसलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले बिहीबार दिउँसो किसिम चौधरीको पसलमा जुवातास खेलिरहेको सूचनाको आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ परेकाहरूको साथबाट नगद ६७ हजार ५ सय ९० रुपैयाँ र १ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं— पत्रकार राजकुमार यादवमाथि समाचार संकलनका क्रममा आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।गत साउन ८ गते बिहीबार यादव समाचार संकलनमा खटिएका बेला विवेक साह, रन्जित साह, अन्तिज साह र अन्तिजका छोरा मिलेर कुटपिट गर्दा उनी घाइते भएको महासंघको एसोसिएट प्रदेश समितिले जनाएको छ।महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथिको आक्रमणलाई अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादतीको रूपमा लिइएको छ।महासंघले दोषीहरूमाथि सत्यतथ्य छानबिन गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षा तथा स्वतन्त्रतामा विशेष ध्यान दिन सम्बन्धित निकायक
कैलाली — कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। बिहीबार राति प्रहरीले स्थानीय राजु चौधरी र चन्द्रबहादुर चौधरीलाई नियन्त्रणमा लिएको हो।इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार राजु चौधरीको घरमा तलासी गर्दा एक थान भरुवा बन्दुक, चित्तलको सिङ र चित्तलको खुट्टाको आधा भाग फेला परेको थियो। त्यस्तै, चन्द्रबहादुर चौधरीको घरबाट पनि एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।सञ्चालित अनुसन्धानका क्रममा अवैध हतियार र वन्यजन्तुका अंग फेला परेकाले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.