काठमाडौं— पत्रकार राजकुमार यादवमाथि समाचार संकलनका क्रममा आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गत साउन ८ गते बिहीबार यादव समाचार संकलनमा खटिएका बेला विवेक साह, रन्जित साह, अन्तिज साह र अन्तिजका छोरा मिलेर कुटपिट गर्दा उनी घाइते भएको महासंघको एसोसिएट प्रदेश समितिले जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथिको आक्रमणलाई अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादतीको रूपमा लिइएको छ।
महासंघले दोषीहरूमाथि सत्यतथ्य छानबिन गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षा तथा स्वतन्त्रतामा विशेष ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।