कैलाली — कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। बिहीबार राति प्रहरीले स्थानीय राजु चौधरी र चन्द्रबहादुर चौधरीलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार राजु चौधरीको घरमा तलासी गर्दा एक थान भरुवा बन्दुक, चित्तलको सिङ र चित्तलको खुट्टाको आधा भाग फेला परेको थियो। त्यस्तै, चन्द्रबहादुर चौधरीको घरबाट पनि एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।
सञ्चालित अनुसन्धानका क्रममा अवैध हतियार र वन्यजन्तुका अंग फेला परेकाले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।