कैलाली— टीकापुर नगरपालिका–२ बन्दिपुरस्थित एक स्थानीय पसलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले बिहीबार दिउँसो किसिम चौधरीको पसलमा जुवातास खेलिरहेको सूचनाको आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको साथबाट नगद ६७ हजार ५ सय ९० रुपैयाँ र १ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।