समाचार

    Showing 11,761-11,770 of 25,764 items.
  • झापामा करेन्ट लागेर एक जनाको मृत्यु, मोटर जडान गर्ने क्रममा घटना

    झापा — झापाको कचनकवल गाउँपालिकामा सिचाईंको मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ। घटनामा कचनकवल गाउँपालिका–७ सितागढीका ५५ वर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।आज बिहान उनको शव घर नजिकैको खेतमा फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राजवंशीको मृत्यु सिचाईंको मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर भएको डीएसपी खगेन्द्र खडकाले जानकारी दिए।प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। मृतक राजवंशी घरमा एक्लै बस्दै आएका थिए। उनका दुवै छोरा वैदेशिक रोजगारीमा छ

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 487 पटक पढिएको
  • संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै

    काठमाडौं – संघीय संसद अन्तरगत आज पाँच समितिको बैठक बस्दै छ ।मंगलबार प्रतिनिभि सभा अन्तरगत तीन र राष्ट्रिय सभा अन्तरगत दुई गरेर पाँच समितिको बैठक बस्न लागिएको हो । आज प्रतिनिभि सभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्नेगरि तय भएको छ । साथै ११ बजे नै बस्न लागेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ भने शिक्षा, स्वास्

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 387 पटक पढिएको
  • सिन्धुलीबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना पोखरामा सुरक्षित अवस्थामा भेटिए

    रामेछाप – सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना सदस्य पोखरामा सुरक्षित भेटिएका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार राति प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू सोमबार राति भेटिएको पुष्टि गरेको हो । प्रहरीका अनुसार  सोमबार बिहान १० बजे उर्मिला हायु सहित १६ जना परिवारका सदस्य केही दिनदेखि गाउँबाट सम्पर्कविहीन भएको सूचनाको आधारमा प्रहरीले खोजी सुरु गरिएको थियो ।अनुसन्धानका क्रममा उनीहरु शनिबार बिहानको राती १ बजे सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. ३ का वर्ष २५ को जिवन भन्ने नविन बिकले चलाउने गरेको मधेश प्रदेश ०४– ००१–००८१ नम्बरको इभी भ्यानमा &

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 571 पटक पढिएको
  • धनुषामा १४ वर्षीया बालिकाको निर्मम हत्या, आमा र भतिजी घाइते

    जनकपुर — धनुषा जिल्लामा एक दर्दनाक घटना भएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक सोमबार राति भएको एक आक्रमणमा १४ वर्षीया बालिकाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।बटेश्वर गाउँपालिका–५ निवासी दिनेश यादवकी छोरी अञ्चली यादवको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन्।घटनामा अञ्चलीकी आमा ३६ वर्षीया आशा देवी र १५ वर्षीया भतिजी राधा पनि घाइते भएका छन्। आशा देवीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने राधाको दाहिने घुँडा र हातमा चोट पुगेको छ। उनीहरूको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।यस

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 533 पटक पढिएको
  • आज नागपञ्चमी, नागको पूजाआराधना गरी मनाइँदै

    काठमाण्डौ । आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइँदैछ ।नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाल

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 326 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रूपमा देखिएको छ, जसका कारण अधिकांश भूभागमा मौसम बदली भई ठाउँठाउँमा वर्षा भइरहेको छ । हाल देशैभरि साधारणतया बदली रहेको छ भने कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ । विशेषगरी कोशी, बागमती र लुम्बिनी प्रदेशका साथै देशका अन्य पहाडी तथा तराईका केही स्थानमा पनि  भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । राति लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी तरा

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 453 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ७० पैसा र बिक्रीदर १७३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७८ पैस

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 359 पटक पढिएको
  • हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

    रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका हायु परिवारका सदस्यहरूको नाम खुलेको छ । बेपत्ता हुनेमा एकै परिवारका १६ जना रहेका छन् । केही दिनदेखि बेपत्ता उनीहरूको पत्तो लाग्न सकेको छैन । बेपत्ताको खोजीमा रामेछाप र सिन्धुली प्रहरी जुटेको छ ।   एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए । बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए । छिमेकीक

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 344 पटक पढिएको
  • संसदीय दलको नेतामा पुनः चयन हुनेछु : लामा

    हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेतामा आफू पुनःचयन हुने विश्वास व्यक्त गरेका छन् । सोमबार हेटौंडामा बसेको काङ्ग्रेस नेता एवम सांसदहरुबीचको छलफलमा उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुले पुनः आफूलाई मत दिने विश्वास व्यक्त गरे ।उनले भने, ‘भोट हाल्ने बेला त्यस्तो असहमति हुदैँन् । किनभने उहाँहरुलाई थाहा छ उहाँहरुको नेता कस्तो हुनुहुन्छ भनेर । मान्यहरुले आफ्नो विवेक प्रयोग गर्नु हुन्छ भन्ने कुरामा निश्चिन्त छु ।’ मुख्यमन्त्रीको दाबेदारका रुपमा देखिएका इन्द्र बहादुर वाँनिया पक्षका २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । साथै चार

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 509 पटक पढिएको
  • धरानमा युवकको मृत्युपछि प्रहरीमाथि कुटपिटको आरोप, अनुसन्धानको माग

    सुनसरी— धरानस्थित तीनकुने प्रहरी चौकीमा चेकजाँचका क्रममा इटहरीका २० वर्षीय युवराज निरौलाको मृत्यु भएको घटनामा परिवारले प्रहरीमाथि कुटपिटको गम्भीर आरोप लगाएका छन्।इटहरी उपमहानगरपालिका–२ का निरौला र उदयपुर बेलका–३ निवासी २२ वर्षीय दीपक कटुवाल गत साउन ९ गते साँझ करिब ८ बजे धरानतर्फ जाँदै गर्दा प्रहरी चेकजाँचमा परेका थिए। लागूऔषध सेवनको आशंकामा उनीहरूलाई रोकेको प्रहरीले जनाएको छ।मृतकका भाइ सन्तोष निरौलाका अनुसार, चेकजाँचका क्रममा सामान्य भनाभनपछि प्रहरीले युवराजमाथि चौकीभित्रै बुट र हातले छाती तथा टाउकोमा कुटपिट गरेको आरोप छ। “झैझगडा भएपछि दाजुलाई प्रहरी चौकीमै निर्घात कुटपिट गरियो,” सन्तोषले भने,

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 1,174 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.