झापा । इलामको रोङ गाउँपालिका-३ कोल्बुङ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो राती साढे ९ बजे कोल्बुङबाट मार्सेतर्फ जादै गरेको मे.१ त २४०८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका इलाम नगरपालिका-४ का १७ बर्षीय रञ्जित लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो । घटनामा संलग्न ट्याक्टर चालक २६ बर्षीय मनोज राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।
काठमाण्डौ । काठमाण्डौ बाट गोर्खा तर्फ जादै गरेको कार मुग्लिन देखी एक कि.मि. अगाडि त्रीशुलीमा खसेको छ। कारमा जम्मा ५ जना रहेको जनाइएको र दुर्घाटनामा परेका यात्रु गोर्खा न. पा. वडा न- ७ निवासी रहेको जनाइएको छ भने अहिले घटना स्थलमा नेपाल प्रहरी , ससस्त्र प्रहरी , विपत ब्याबस्थापन टोली सहित स्थानिय उद्धारमा जुटेका छन ।काठमाडौबाट गोरखा जाँदै गरेको कार दुर्घटना हुँदा मृत्यु भएको र कारमा सवार ५ जनाकै पहिचान खुलेको छ।प्रहरीले जनाए अनुसार मृत्यु हुनेमा कार चालक गोर्खा न.पा.७ बस्ने बर्ष ३५ को अर्जुन शिर्मल रहेका छन। यस्तै कारमा सवार गोर्खा न.पा. ७ बस्ने बर्ष ४१ की हरिमायां रोकाय
झापा । आज शनिबार दिनभरि झापासहित पूर्वका केही जिल्लामा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।पाडाजुङ्गी स्विचयार्डमा मर्मत कार्य हुने भएकाले दुहबीमा सटडाउन हुने हुदा आज बिहान ८ देखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति नहुने प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनारमनी र भद्रपुर वितरण केन्द्रले सूचना जारी गरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण स्थानहरुमा विद्युत अबरुद्ध हुने जानकारी गराएको छ ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समुहतर्फका विभिन्न व्यक्तिहरुलाई प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापना गरेको छ ।प्रहरी महानिरीक्षकको बिहीबारको र प्रहरी उपरीक्षकको शुक्रबारको निर्णयानुसार उनीहरुलाई बढुवा तथा पदस्थापना गरिएको हो ।प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुको पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको गरिएको छ ।
काठमाडौँ । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत जारी भएको हतियारका विषयमा एक छानबिन समिति गठन गरेको छ। बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा शुक्रबार मन्त्रालयले छानबिन समिति गठन गरेको गृहका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिएका छन।यही चैत ५ गते सर्वोच्च अदालत परिसरमा जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा प्रसाईँ नाममा जारी भएको इजाजतपत्र २२ बोर ए ३५४७५२ नम्बरको हतियारसहित उनका दुईजना अङ्गरक्षक पक्राउ परेका थिए। पक्राउ पर्नेमा दीपक खड्का र राजकुमार धिमाल रहेका थिए।उक्त घटनामा परेको बन्दी प्रत्यक्षी
काठमाडौं । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौस
काठमाडौँ । सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दीपक अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरिएको हो ।सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१)को (ख) बमोजिम बढुवा समितिको निर्णयानुसार अधिकारीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको हो।
काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राति देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि
काठमाडौं । काठमाडौँ महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गर्दै महानगरले निजी विद्यालयको नाममा नेपालीपन झल्किनुपर्ने बताएको हो ।महानगरको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलका अनुसार शिक्षा नियमावली, २०५९ को नियम १५४ (४) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्दछ ।महानगर अन्तर्गतका अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीमा व्यवस्था भए बमोजिम भएको नदेखिएको विभागले जनाएको छ ।
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले चैत र बैशाखमा पुर्व देखि पश्चिममा कार्यक्रम राखेका छन् । प्रसाईले ‘बृहत् नागरिक मुक्ति आन्दोलन’मार्फत जुम्लामा चैत २२ गते, दाङमा चैत २४ गते र इलाममा बैशाख ६ गते कार्यक्रमको आयोजना गरेका छन् ।दुर्गा प्रसाईका कार्यक्रमले आफना कार्यकर्ता भाडिने त्रासमा नयाँ–पुराना राजनीतिक दल देखिएका छन् । प्रसाईको बृहत् नागरिक मुक्ति आन्दोलनले अहिले देशव्यापी समर्थन पाइरहेको छ । जसका कारण राजनीतिक पार्टी उनीसँग तनावमा छन् । प्रसाईलाई सा–साना विषयमा समस्या खडा गरी उनको महाअभियान रोक्न सबै राजनीतिक पार्टी लागि परेका छन् । प्रसाईले दाङ, जुम्ला र इला
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.