महोत्तरी— महोत्तरी जिल्लाको बलवा नगरपालिका–२ मा रातो खोलामा आएको बाढीले एक युवकको मृत्यु भएको छ। महोत्तरी गाउँपालिका–३ निवासी ३५ वर्षका चन्दनकुमार ठाकुरको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठाकुर डिजेल लिएर फर्किने क्रममा खोलामा आएको बाढीले बगाएको प्रहरीको भनाइ छ । बाढीले बगाएको केही समयपछि उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।