काभ्रे— बुवालाई काँध दिने सपना कति छोरीहरूले देखेका होलान् ? जब बनेपाकी उपप्रमुख विमला सापकोटाले आफ्ना दुई बहिनीहरूसँग मिलेर दिवंगत बुवाको दाहसंस्कार र काजकिरिया गरिन्, समाजले आशिर्वाद होइन, बहिष्कारको चेतावनी दिएको छ।

छोरा नभएको परिवारमा छोरीहरूले बुवाको अन्त्येष्टि गर्नु 'रूढीविरुद्ध विद्रोहु जस्तै ठानियो। गाउँका केही व्यक्तिहरूले सामाजिक बहिष्कारको धम्की दिन थाले। विमला भने समाजको याृ निर्णयले डराइनन्। तर उनले सामाजिक सञ्जालमार्फत सिंगो समाजलाई प्रश्न गरिन् —'हामी छोरी हौं भनेर बुवालाई अन्तिम श्रद्धाञ्जली दिन नपाउने?'

उनको यो प्रश्नले सयौंको मन छोयो। समर्थनको लहर चल्यो। परम्परा र पुरुषवादी सोचको खोलो चिरेर उनीहरू अघि बढे। नयाँ सोच भएका पुरोहित बोलाइए, र बुवाको काजकिरिया गरियो  गर्वका साथ, आँशु र श्रद्धाका साथ।

आज विमलाको यो साहसी कदमलाई लिएर सामाजिक सञ्जालमा मात्र होइन, धेरै छोरीहरूका मनमा आवाज बनेर गुन्जिरहेको छ। काजकिरिया गर्ने अधिकार छोरीलाई छैन भन्ने सोचमाथि प्रश्न उठाउँदै उनले देखाइन् ।