चितवन — चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ (CAV) संक्रमण देखिएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले पछिल्लो तीन महिनाको परीक्षणबाट यो रोग पुष्टि गरेको हो।प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहित अन्य जिल्लाबाट परीक्षणका लागि ल्याइएका नमूनाहरूमा यो भाइरसको उपस्थिति फेला परेको हो। एलाइजा प्रविधिबाट गरिएको परीक्षणमा ९२ मध्ये ३१ नमूनामा — अर्थात् ३३ प्रतिशतमा — भाइरस पोजिटिभ देखिएको उनले जानकारी दिए।उनका अनुसार यो भाइरसले कुखुराको रोगसँग लड्ने क्षमता कमजोर बनाउँछ, जसका कारण अन्य रोगले सजिलै आक्रमण गर्ने गर्छ। “सिधा मृत्यु नदेखिए पनि कुखुराको वृद्धि, उत्पादन
काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवामा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीबाट पार पाउँदै दिगो विकासका लक्ष्य प्राप्तिमा युवा वर्ग लाग्नुपर्नेमा उनले जोड दिएका छन् । साथै, अध्यक्ष दाहालले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा लाग्न युवा जमातलाई आह्वान गरेका छन् ।माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको उनले शुभकामना सन्देशमा स्मरण गर
काठमाडौँ – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधसम्बन्धी मुद्दामा साक्षीसँग बकपत्रका लागि पेसी तोकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा साक्षीको बकपत्रका लागि पेसी तोकिएको हो । साक्षीसँग बकपत्रपछि मुद्दाको अन्तिम सुनुवाइका लागि लैजाने अदालतको तयारी छ । दुई वर्षपछि अदालतले यसको सुनुवाइलाई निरन्तरता दिन लागेको हो ।नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो । यो मुद्दामा थुनछेक आदेश भएयता ३
अमेरिका— अमेरिकाको मोन्टाना हवाईअड्डामा अवतरणका क्रममा एउटा सानो विमान त्यहाँ पार्क गरिएको अर्को विमानसँग ठोक्किएको छ । ठक्करका कारण विमानमा भीषण आगलागी हुँदा आकाशमा धुवाँको मुस्लो देखिएको छ ।उद्धार टोलीले तीव्र गतिमा उद्धार कार्य सुरु गरेको छ । विमानमा सवार कोही व्यक्तिलाई गम्भीर चोट नलागेको जानकारी गराइएको छ ।अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार, सोकाटा टीबीएम ७०० टर्बोप्रोप विमानले जमिनमा खाली रहेको अर्को विमानलाई ठक्कर दिएको थियो ।ठक्करपछि लागेको आगो घाँस भएको क्षेत्रमा फैलियो र कालो धुवाँको मुस्लो उठेको थियो ।मोन्टाना हवाईअड्डा कालिस्पेल हिरको दक्षिणी क्षेत्रमा अवस्थित छ । कालिस्प
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दै हुनुहुन्छ ।प्रधानमन्त्रीले सो विषयमा आज अपराह्न छलफल गर्न कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाक्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । देशमा मलको मौज्दात रहेको र आयातको क्रम पनि जारी रहेका बेला किसानले समयमा मल नपाएको गुनासो सार्
काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एकअर्काविरुद्ध सार्वजनिक आक्षेप नलगाउने भद्र सहमति भएको छ।केन्द्रीय कार्यालय आलोकनगरमा अरु नेताहरुसहित भएको छलफलमा एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउन नेपाल र खनाल सहमत भएका हुन् । ‘पार्टीका नेताहरुले विधान र आचार संहिताभित्र रहेर बोल्नुपर्छ, त्यही कुरा भएको हो’ वरिष्ठ नेता वेदुराम भुसालले भने ।पूर्वप्रधानमन्त्रीहरु नेपाल र खनालले एकअर्कालाई पार्टी छोडेर जानसम्म भनेका थिए । नेता खनालले चार वर्षसम्म विद्रोह पुष्टि हुन नसकेको अन्तर्वार्ता दिएपछि नेपालले पार्टीबाट बिदा हुन सुझाव दिएका थिए ।नेपालले सार्वजनिक र
काठमाडौं – एक महिनादेखि बस्न नसकेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साउन २२ गते बस्न सफल भयो । झण्डै २२ महिनादेखि जारी विद्यालय शिक्षा विधेयकको छलफल बिहीबार अन्त्य गर्दै विधेयक सर्वसम्मत पारित भयो ।यद्यपी प्रतिवेदन तयार हुन बाँकी रहेको ‘विद्यालय शिक्षा कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ टुङ्गोमा लाग्ने सम्भावना बढिरहेको बेला फेरि विवाद सिर्जना भएको छ । समितिकाे साउन २२ गते बसेको बैठकमा कार्यसम्पादन मूल्याङ्कन, प्राधानाध्यापक नियुक्ती भएपछि महासंघको सदस्यता स्वतः निस्क्रिय हुने, शिक्षकको बढुवा तीन प्रकारबाट हुने विषयमा सहमति जुटेपनि अहिले फेरि शिक्ष
काठमाडौं— नेपालले भारतमा विद्युत् निर्यात क्षमता विस्तार गर्दै थप २०० मेगावाट बिक्रीको अनुमति पाएको छ । भारत सरकारले नेपालका पाँच जलविद्युत् आयोजना लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादित विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरेको हो ।यो नयाँ स्वीकृति साउन २६ गते प्रदान गरिएको हो, जसको कार्यान्वयन मिति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२५ सम्म हुनेछ । आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरिसकेको छ । थप निर्यात अनुमतिसँगै यो रकम आगामी महिनामा दोब्बर हुने अनुमान गरिएको छ । यसले नेपा
काठमाडौं – स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी (ईभी) प्रवद्र्धन गर्ने नीति लिएसँगै देशमा ईभी आयात ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थ घट्दै गएको छ ।भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९÷८० मा नेपालमा ११ अर्ब ८४ करोड रुपैयाँका ४ हजार ५० वटा ईभी भित्रिएका थिए । त्यसको तीन वर्षपछि आव २०८१÷८२ मा भने ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ बराबरका १३ हजार ५६९ वटा ईभी आयात भएका छन् । यस्तै, आव २०८०÷८१ मा ११ हजार ७ सय ईभी आयात भएका छन् ।यस अबधिमा पेट्रोलियम पदार्थको आयात भने निरन्तर घट्दो क्रममा रहेको पाइएको छ । विभागका अनुसार आव २०७९÷८० म
बैतडी— बैतडी कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती देखिएको छ । चार दशकअघि निर्माण भएको उक्त कारागार जीर्ण बनेको छ ।जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती थपिएको कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताए । “यो २५ जना क्षमताको बन्दीगृह हो । तर अहिले ६३ जनालाई राखिएको छ । बन्दीगृहमा ५३ कैदीबन्दी र १० जना थुनुवा छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सुरक्षासहित उचित व्यवस्थापन गर्न समस्या हुने गरेको छ”, उनले भने ।दशकौँ पुरानो कारागार जीर्ण बनेको बताउँदै भण्डारीले महिला कैदीबन्दी राख्ने ठाउँ नभएपछि महिला बन्दील
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.