समाचार

    Showing 11,171-11,180 of 19,757 items.
  • इलाम २ मा ५१ प्रतिशत मत खस्यो

    झापा  ।   इलाममा २:३० बजेसम्ममा ५१ प्रतिशत मत खसेको छ । १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६१ हजार मत खसेको सिडिओ इन्द्रदेव यादवले जानकारी दिएका छन् । उनका अनुसार मतदान सबैतिर शान्तिपूर्ण छ ।इलाम -२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, काँग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • 242 पटक पढिएको
  • आज इलाम र बझाङमा उपनिर्वाचन, मतदान स्थलसम्म सार्वजनिक सवारी सञ्चालन

    काठमाण्डौ  ।  आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ। दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ।मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ। निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको आयोगले बताएको छ

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • 365 पटक पढिएको
  • नेपाल प्रहरीका ७० जना हवल्दारको वरिष्ठ हवल्दार पदमा बढुवा

    काठमाडौं । नेपाल प्रहरीका ७० जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको शुक्रबारको निर्णयानुसार प्राविधिक प्रहरी समूह तर्फका उनीहरु प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा र पदस्थापन भएका हुन् ।प्राविधिक प्रहरी वरिष्ठ हवल्दारहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • 318 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केह

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • 278 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ।दिउँसो देशका पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित छिटपुट हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेशको केही स्थानहरू साथै बाँकी प्रदेशका केहि स्थानहरूमा हावा–हुर

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • 311 पटक पढिएको
  • झापाकाे झिलझिलेमा सवारी दुर्घटना, ३ जनाकाे मृत्यु

    झापा  ।  झापाको झिलझिलेमा मोटरसाईकललाई बोलेरोले ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जनाको मृत्यु भएको छ। आज (बुधबार) बिहान करिब ५ः३०  समयमा शिवसताक्षी स्थित पूर्वपश्चिम राजमार्गमा पस्चिबबाट पुर्वतर्फ आउँदै गरेको मे३प ५००१ नं को मोटरसाइकल र पुर्वबाट पस्चिमतर्फ जादै  गरेको प्र १–०१–००१ च ९३२९ नं को बोलेरो एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । मोटरसाइकलमा सवार तीन जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको हो ।प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाएका थिए। मृतक तिनै जनाको पहिचान खुलेको छैन। 

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • 384 पटक पढिएको
  • कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज वार्ता, द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने

    काठमाडौँ । नेपालमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् । दुईदिने भ्रमणका क्रममा मंगलबार अपराह्न नेपाल आइपुगेका अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली प्रतिनिधि मण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने छन् । भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • 356 पटक पढिएको
  • प्रचण्ड सरकारले ल्याएको अध्यादेशले गिरीबन्धु टी स्टेटको जग्गाबेच्न बाटो खोलिदियो

    काठमाण्डौ  । सरकारले लगानी प्रवर्द्धन गर्ने कार्यलाई सहजीकरण गर्न ल्याएको अध्यादेशमा हदबन्दीभन्दा बढी जग्गा राखेका संस्था तथा कम्पनीहरूले आफ्नो हदभित्रको जग्गा बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यसको प्रत्यक्ष फाइदा झापाको गिरीबन्धु टी स्टेटलाई पुग्ने छ ।हदभन्दा बढी जग्गा जफत गर्न सर्वोच्च अदालतले आदेश दिइसकेका बेला अदालतको आदेशको पूर्णपाठ नै नआउँदै प्रचण्ड सरकारले लगानी सम्मेलनको बाहना बनाएर अब झापाको गिरीबन्धु टी स्टेटले जग्गा बेच्न पाउने गरि अध्यादेश ल्याएको छ।बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनका क्रममा लगानीको वातावरण बनाउन भन्दै मन्त्रिपरिषदले अध्यादेश ल्याएको हो । अध्यादेश

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • 1,372 पटक पढिएको
  • प्रचण्ड सरकारले ल्यायो अध्यादेशले गिरीबन्धु टी स्टेटको जग्गाबेच्न बाटो खोलिदियो

    काठमाण्डौ  । सरकारले लगानी प्रवर्द्धन गर्ने कार्यलाई सहजीकरण गर्न ल्याएको अध्यादेशमा हदबन्दीभन्दा बढी जग्गा राखेका संस्था तथा कम्पनीहरूले आफ्नो हदभित्रको जग्गा बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यसको प्रत्यक्ष फाइदा झापाको गिरीबन्धु टी स्टेटलाई पुग्ने छ ।हदभन्दा बढी जग्गा जफत गर्न सर्वोच्च अदालतले आदेश दिइसकेका बेला अदालतको आदेशको पूर्णपाठ नै नआउँदै प्रचण्ड सरकारले लगानी सम्मेलनको बाहना बनाएर अब झापाको गिरीबन्धु टी स्टेटले जग्गा बेच्न पाउने गरि अध्यादेश ल्याएको छ। बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनका क्रममा लगानीको वातावरण बनाउन भन्दै मन्त्रिपरिषदले अध्यादेश ल्याएको हो । अध्यादेश

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • 175 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको तराईका केही

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • 347 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा