काठमाडौं— विश्वभर छरिएर रहेका पत्रकारहरुलाई एकीकृत गर्ने उद्देश्यका साथ, आम सञ्चारकर्मीहरूको हक र हितका लागि सङ्गठित रुपमा आवाज उठाउँदै आएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ पोल्यान्डको अध्यक्षमा सङ्गम दैनिकका प्रधान सम्पादक ललितपुरका केशवप्रसाद बजगाई निर्विरोध निर्वाचित भएका छन ।

पोल्यान्डको राजधानी क्राकोमा २०८२ साउन २५ गतेको भेलाले संस्थाको अध्यक्षमा बजगाईलाई निर्विरोध निर्वाचित गरेको हो ।

नौ सदस्यीय कार्यसमितिमाको उपाध्यक्षमा सौगात ढुङ्गाना, सचिव अशोक भुसाल, कोषाध्यक्ष दीपक बजगाईं त्यस्तै बोर्ड अफ डाइरेक्टरमा धनेश्वर चौधरी, प्रमिला भुजेल, कमल बिष्ट, रामप्रसाद शर्मा र स्वागत ढुङ्गाना रहेका छन ।

निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै केशवप्रसाद बजगाईंले आफूहरूले केन्द्रीय कमिटीको मार्गनिर्देशन अनुसार पत्रकारिताको मर्यादामा आँच नआउने गरी निष्पक्ष र स्वतन्त्र रूपमा कार्यसम्पादन गर्ने जानकारी गराए।

उनले आफूलाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ पोल्यान्डको संस्थापक अध्यक्षको जिम्मेवारी प्रदान गरेकोमा केन्द्रीय कमिटीलाई धन्यवाद समेत ज्ञापन गरे ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको केन्द्रीय कार्यालय अमेरिकामा रहेको छ भने यसले जापानमा र पोल्यान्डमा आफ्नो शाखा विस्तार गरिसकेको छ । बाँकी दिनहरूमा यसले विश्वका हरेक देशहरूमा शाखा विस्तार गर्ने योजना बनाएको जनाएको छ।

Keshav-Bajagain-1