काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा समावेश गर्न माग गरेको छ।
बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले यो माग प्रस्तुत गरेका हुन्।
उनले भने, "थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा तत्काल समावेश गर्न प्रदेश सरकारसँग जोडदार माग गर्दछु।"