दार्चुला – दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुस्थित नाम्पा र तिंकर खोलामा आएको बाढीले तीन वटा काठे पुल बगाएको छ। बाढीले छाङ्गरु र तिंकर जोड्ने तीन वटा काठेपुल बगाउनुको साथै पैदल यात्रा गर्ने गोरेटो बाटो समेत कटान गरेको छ।खाने पानीको पाइप समेत बगाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म छाङ्गरुबाट सशस्त्र प्रहरी नायव उपरीक्षकको कमान्डमा टोली परिचालन भएको छ।सञ्चार सम्पर्क नभएका कारण थप विवरण प्राप्त हुन नसकेको पनि डीएसपी थापाले बताए।
दोलखा – वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल गएका दोलखा जिल्ला तामाकोसी गाउँपालिका–६, च्यामाका ३३ वर्षीय अर्जुनप्रसाद आँपागाईंको मृत्यु भएको छ । करिब ३९ महिनाअगाडि श्रम स्वीकृति गरेर क्रोसिया गएका आँपागार्इं केही महिनापछि पोर्चुगल छिरेका थिए ।पोर्चुगलगल पुगेपछि बेजा जिल्लाको एजेन्सी कम्पनीमा लेबर काम गर्दै आएका थिए । आइतबार बिहान घाँटीमा सलको पासो लगाएर आफ्नै कोठामा झुन्डिएको अवस्थामा उनलाई नेपाली साथीहरूले भेटेपछि मृतक आँपागाईंका भाइ शिवजी आँपागाईंलाई खबर गरेका थिए । आँपागाईंका वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन् । मृतकको सब ४ दिनदेखि पोर्चुगलको बेजा अस्पतालको शवगृहमा र
दोलखा— वैदेशिक रोजगारीका लागि घरबाट टाढा गएका दोलखा तामाकोसी गाउँपालिका–६, च्यामा निवासी अर्जुनप्रसाद आँपागाईंको पोर्चुगलमा रहस्यमय मृत्यु भएको छ।३३ वर्षीय आँपागाईं आइतबार बिहान पोर्चुगलको बेजा जिल्लास्थित आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। नेपाली साथीहरूले मृत अवस्थामा देखेपछि घटनाको खबर उनका भाइ शिवजी आँपागाईंलाई गराएका थिए।करिब साढे ३ वर्षअघि श्रम स्वीकृति लिएर क्रोएसिया पुगेका अर्जुन केही महिनामै पोर्चुगल छिरेका थिए। उनी त्यहाँको एक एजेन्ट कम्पनीमा श्रमिकका रूपमा काम गर्दै आएका थिए।मृतक अर्जुनका वृद्ध बाबुआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन्।
काठमाडौं – वैदेशिक रोजगारको नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका एक जनालाई कास्कीबाट पक्राउ गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ठगी आरोपमा २९ वर्षीय त्रिलोक सिंहलाई पक्राउ गरिएको जानकारी दिएको हो ।एन.ए.एन. मेरीटाइम ट्रेनिङ एण्ड एजिन्सी प्रा.लि.का सञ्चालक रहेका सिंहमाथि ६६ जना व्यक्तिबाट ४ करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार सिंह कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २७ डाँडाकोनाक क्षेत्रमा लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीको समन्वयमा २७ साउनमा पक्रा
कैलाली— कैलाली कारागारमा कैदीबन्दीको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाललाई गृह मन्त्रालय तानिएको छ।गृह मन्त्रालयले बुधबार हमाललाई मन्त्रालयमा बोलाएर उनको स्थानमा दाङका सिडिओ कृष्णप्रसाद लम्साललाई खटाएको हो।लम्साललाई दाङबाट कैलाली पठाइए पनि दाङमा हालसम्म नयाँ सिडिओको नियुक्ति गरिएको छैन।साउन २३ गते राति कैलाली कारागारका दुई ब्लकमा रहेका कैदीबन्दीहरूबीच झडप हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो। उक्त घटनामा ४७ जना घाइते भएका थिए।
स्याङ्जा – नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने तीन सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गरेको भन्दै प्रहरीले ३ सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही लागि स्थानीय पालिकालाई हस्तान्तरण गरेको हो।लु१क ५१८५ नम्बरको टिप्पर, लु१क ५१८६ नम्बरको टिप्पर र प्र ३०१००३ क ७१२९ नम्बरको एक्काभेटर रहेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए।असार, साउन र भदौ ३ महिना नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा प्रतिबन्ध छ।
काठमाडौं— तीन जिल्लामा बुधबारदेखि प्रमुख जिल्ला अधिकारीविहीन भएका छन् । प्रमुख जिल्ला अधिकारीविहीन हुनेमा भक्तपुर, ललितपुर र दाङ रहेका छन् । साउन २६ गतेको मन्त्रिपरिषद्ले ललितपुर प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई गृह मन्त्रालयभन्दा बाहिर सरुवा गरेको छ । सरुवा गरेको निर्णय साउन २८ गते बुधबार सार्वजनिक भएको हो ।पाण्डेलाई अर्थ मन्त्रालय र ढकाललाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णयबाट बुधबार कैलालीको प्रमुख
जनकपुर – मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (भोली) जनकपुरधाम आउने भएका छन् ।मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली साउन ३० गते जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । करिब २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा बनेको सुविधासम्पन्न भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।सो भवन निर्माणको जिम्मेवारी शिवालय सुवेदी जेभीलाई २०८० असोज १० गते लिएको थियो भने सम्झौता अवधि २०८२ असार मसान्तसम्मको रहेको थियो ।मन्त्रालयअन्तर्गत सो भवनको निर्माण कार्य समयमै सम्पन्न भएको मन्त्र
बैतडी— जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेको छ । राजमार्गको खोडपे–बझाङ सडकखण्ड अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही बेरअघिदेखि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । लगातारको वर्षाले पहिरो पन्छाउन ढिलो भएको थियो । सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् ।
काठमाडौं – मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परियोजनाअन्तर्गत २९७ किलोमिटरको विद्युत प्रसारण लाइन निर्माणका लागि आज सम्झौता हुँदैछ । एमसीसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले पाएको यो नै पहिलो ठेक्का हो । यसअघि उक्त परियोजनाअन्तर्गत एक प्रसारणलाइन र तीन सबस्टेसन निर्माणको ठेक्का विदेशी कम्पनीले पाएका थिए ।एमसीए नेपालका अनुसार दुई प्याकेजमा निर्माण हुन लागेको यस प्रसारण लाइनको रातमाटे–नयाँ दमौली खण्ड निर्माणका लागि एमरएस एञ्जेलिक–स्किपर जेभीले ठेक्का पाएको छ । उक्त कम्पनीले ७७.४८ मिलियन अमेरिकी डलरमा (बुधवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार १० अर्ब ८९ करोड रुपैयाँभ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.