समाचार

    Showing 11,151-11,160 of 19,757 items.
  • नबिल बैंकबाट १ करोड बढी चोरी गर्ने चार पक्राउ

    काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ । सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो । चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले बताए ।चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ । सुरक्षा गार्ड नभएका कारण घटना थप शंकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ ।५/६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 233 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ ।    दिउँसो देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 233 पटक पढिएको
  • नेपाल आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य

    काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।इण्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्यमा गिरावट भएर आएपछि नेपालमा पनि आजै राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।हवाई इन्धनमा भने मूल्य वृद्धि भएको छ । पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 365 पटक पढिएको
  • सशस्त्र प्रहरी बल नेपाल काकरभिट्टा गुल्मद्वारा झापामा ठुलो परिमाणमा तस्करिको कपडा बरामद

    झापा ।  सशस्त्र प्रहरी बल नेपाल काकरभिट्टा गुल्मद्वारा झापामा  ठुलो परिमाणमा लत्ताकपडा बरामद गरेको  छ।सशस्त्र प्रहरी नायब उपरीक्षक राजन श्रेष्‍ठको कमाण्डमा खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याएको सामानहरु नियन्त्रण लिएको हो। झापाको पूर्वी नाका मेचीनगरबाट भन्सार छलेर भित्राइएको ५१ पोका लत्ताकपडा बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल गुल्म काकरभिट्टाले विशेष सुुुचनाको आधारमा, इलाका प्रहरि कार्यालय काकरभिट्टा र मेची भन्सार कार्यालयसग समन्नय गरि ५१ पोका कपडा बरामद गरेको हो । मेचीनगर–७ गैरीगाउँ र मेचीनगर–६ सालघारीको तीन ठाउँबाट मंगलबार बिहानीपखको स

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 4,032 पटक पढिएको
  • भीषण आगलागी, २ सय बढी घर जले

    सुनसरी  । सप्तरीको महादेवा गाउँपालिका–१ मा भएको आगलागीबाट गाउँ नै सखाप भएको छ । दिउँसो करिब २ बजेबाट लागेको आगोले चिम्टी टोलका २ सय बढी घर जलेका छन्।३ वटा बारुणयन्त्र, सुरक्षा नियका र स्थानीयले आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रणमा आउने नसकेको प्रहरीले जनाएको छ । वडाध्यक्ष जयकिशोर दासका अनुसार शत्रुधन यादवको घरबाट आगलागी शुरू भएको थियाे।दासका अनुसार यो टोलमा यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको छ । हाल आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको वारूणयन्त्रका साथै प्रहरी र स्थानीय आगो निभाउने काममा जुटेका छन् ।

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 389 पटक पढिएको
  • संघीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

    काठमाडौँ । संघीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसङ्ख्या तथा वृद्धाश्रम/ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुनेछ । मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक माथि छलफल हुनेछ । साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।बैठकमा

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 202 पटक पढिएको
  • इजरायल र हमासबीच युद्ध विरामको संकेत

    काठमाण्डौ  । बिगत लामो ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ । हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ ।प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र ‘सम्भावित हजारौं’ प्यालेस्टिनी कैदीहरूको रिहा गर्ने प्रस्ताव गरिएको बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले बताएका छन् ।मन्त्री क्यामरूनले रियादमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा प्याल

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 218 पटक पढिएको
  • लागुऔषध सहित ४ जना पक्राउ

    काठमाण्डौ  । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१ चौकीटोलबाट लागुऔषध सहित दुई युवतीसहित ४ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नं.६ घर भई हाल हेटौंडा बस्दै आएकी २२ बर्षीया अंजली घलान, हेटौंडा४ बस्ने २१ बर्षीया अभिषेक थापा, सोही स्थान बस्ने २७ बर्षीय बिवेक थापा र हेटौंडा उपमहानगरपालिका–९ बस्ने २५ बर्षीया निशा योम्जन रहेका छन् ।विशेष सुचनाको आधारमा प्रहरीले घलानको डेरा कोठामा खान तलासी गर्दा १ ग्राम २०० मिलिग्राम लागुऔषध खैरोहिरोइन बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।उक्त लागुऔषध सहित चारै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय म

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 237 पटक पढिएको
  • बोलेरो दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते

    सुनसरी  ।   भोजपुरमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। घइतेमध्ये चारजना बालबालिकाको अवस्था गम्भीर छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटनामा परेको हो। आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटना हुँदा आमचोक गाउँपालिका–१० पाङ्चाकी २५ वर्षीया रूना राई र सोही ठाउँकी २६ वर्षीया शान्ति राईको मृत्यु भएको प्रहरीले जनाएको छ। रुनाको घटनास्थलमै र शान्तिको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। घाइते सबैल

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 261 पटक पढिएको
  • नेपालमा वैदेशिक लगानी आह्वान गर्दै तेस्रो लगानी सम्मेलन समापन

    काठमाडौँ । नेपालमा वैदेशिक लगानी आह्वान गर्दै तेस्रो लगानी सम्मेलन समापन भएको छ । सोमबार पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समापन समारोहलाई सम्बोधन गर्दै नेपाल तीव्र आर्थिक विकासको यात्रामा प्रवेश गरेको बताएका छन् ।यसका लागि विदेशी लगानीकर्तालाई खुला हृदयले स्वागत गर्ने उनको भनाइ छ । कुल ८ सय विदेशीसहित २५ सय जनाको सहभागिता रहेको लगानी सम्मेलन नेपाल लगानीकर्ताका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश दिन सफल भएको लगानी बोर्डले जनाएको छ । आइतबारदेखि सुरु भएको सम्मेलनका दौरान विभिन्न साइडलाइन वार्ता तथा बीटूबी मिटिङहरू भएका थिए ।सम्मेलनका दौरान विभिन्न स्

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 212 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा