काठमाडौं— तीन जिल्लामा बुधबारदेखि प्रमुख जिल्ला अधिकारीविहीन भएका छन् । प्रमुख जिल्ला अधिकारीविहीन हुनेमा भक्तपुर, ललितपुर र दाङ रहेका छन् । 

साउन २६ गतेको मन्त्रिपरिषद्ले ललितपुर प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई गृह मन्त्रालयभन्दा बाहिर सरुवा गरेको छ । सरुवा गरेको निर्णय साउन २८ गते बुधबार सार्वजनिक भएको हो ।

पाण्डेलाई अर्थ मन्त्रालय र ढकाललाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । 

दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णयबाट बुधबार कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन् ।