समाचार

    Showing 11,131-11,140 of 19,757 items.
  • राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

    काठमाण्डौ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन्।राष्ट्रपति पौडेलले यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।नेपालको संविधानको धारा ९३ ९१० बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २० गते को सिफारिसमा वैशाख २८ गते शुक्रबारका दिन २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 238 पटक पढिएको
  • सहकारी समस्या समाधान गर्न सरकारले बनायो समिति

    काठमाण्डौ । सरकारले समस्याग्रस्त सहकारी समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गरेको छ ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश रमण कुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।त्यस्तै सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 267 पटक पढिएको
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४८ जना उपसचिवको सरुवा

    काठमाण्डौ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४८ जना उपसचिवलाई एकैपटक सरुवा गरेको छ ।    विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो । सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा भएका छन् ।

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 267 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको बताएको छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ।दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ।राति सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 214 पटक पढिएको
  • भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा अबरुद्ध

    काठमाण्डौ । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको छ । नेपालका नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेको छ ।इन्टरनेट सेवा प्रदायक (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीका अनुसार बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेट काटेको हो । जसका कारण देशभरका इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका सेवा अवरुद्ध भएको हो ।इन्टरनेट काटिनुको जिम्मा सरकारले लिनुपर्ने सेवा प्रदायकहरुको भनाइ छ । उनीहरुका अनुसार भुक्तानी दिन सरकारी प्रक्रिया अवरोधका रुपमा रहेको छ ।

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • 287 पटक पढिएको
  • आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

    काठमाण्डौ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ।   आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • 219 पटक पढिएको
  • सेती नदीमा बेपत्ता भएकाको शव फेला

    काठमाण्डौ । सेती नदीमा बेपत्ता भएका कार चालकको शव तीन दिनपछि फेला परेको छ । धनगढी उपमहानगरपालिक-३ कैलालीका अन्दाजी ३८ वर्षीय नर बहादुर तामाङको शव बुधबार फेला परेको हो ।डोटीको शिखर नगरपालिका-८ लुवाखडीस्थित सडक किनारमा कार रोकेर सेती नदिमा नुहाउन गएका चालक तामाङ सोमबार बेपत्ता  भएका थिए । धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कारका चालक तामाङ नुहाउने क्रममा बेपत्ता भएका थिए।तामाङको शव बेपत्ता भएकै स्थानमा फेला परेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । बेपत्ता तामाङको खोजी कार्यका लागि अत्तरियास्थित सशस्त्र प्रहरी बल ७ नं वैद्यनाथ बाहि

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • 209 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।   दिउसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • 351 पटक पढिएको
  • सामाजिक सञ्जालको माध्यमबाट भ्रम फैलाउने खनाल पक्राउ

    काठमाण्डौ  ।  सामाजिक सञ्जालको माध्यमबाट आम जनमानसमा भ्रम फैलाउने उद्देश्यले जथाभाबी अन्तरवार्ता दिएको आरोपमा प्रहरीले झापाको दमक नगरपालिका वडा नं-५ घर भई काठमाडौं महानगरपालिका वडा नं-३२ गैह्री गाउँ बस्ने ४६ वर्षीय डिल्लीराम खनाललाई मंगलबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खनालले सामाजिक सञ्जाल मार्फत् सहकारी प्रकरणमा फरार जिबि राईकाे हत्या भएको र साे हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भनी भ्रम फैलाएका थिए।नेपाल प्रहरीको वेभसाईडमा साे भिडियो प्राप्त भएपछि परिसरबाट खटिएको प्रहरी टोलीले कानून बमोजिम नि

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 402 पटक पढिएको
  • इनार खन्ने क्रममा निसासिएर २ जनाको मृत्यु

    काठमाण्डौ  । चाँगुनारायण नगरपालिका–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसासिएर २ जनाको मृत्यु भएको छ ।रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्देश सुनुवार र ४६ वर्षीय दीपक सुनुवारको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख राजन कार्कीले इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै प्रहरी पुगेको बताए।घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उनले जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 288 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा