काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गर्दै गृहमन्त्री र प्रधानमन्त्रीको नैतिकताको प्रश्न उठाएकी छन् ।प्रतिनिधिसभामा मन्तव्य दिँदै सांसद कार्कीले दुई महिनादेखि प्रतिपक्षी दलहरू आन्दोलनरत रहेको अवस्थामा पनि सरकारले बेवास्ता गरेको आरोप लगाइन् । उनले गृहमन्त्री रमेश लेखक माथि लागेका आरोपहरूको चर्चा गर्दै रामहरि खतिवडाको राजीनामालाई नैतिकताको उदाहरणको रूपमा प्रस्तुत गरिन् ।‘नैतिकता जागेर रामहरि खतिवडाले राजीनामा दिनुभयो,’उनले भनिन्, ‘तर भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्यूको नैतिकता जोगाउन उहाँको आफ्नै मानविया
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुव बहादुर प्रधानले निजामती सेवा विधेयकको कुलिङ पिरियडमा आँखा छलेर भएको कार्यलाई एउटा नैतिकताको आधारमा राजीनामा दिएर सबै कुरा सम्पन्न हुन्छ कि हुँदैन भन्ने कुरामा विचार गर्नुपर्ने बताएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएर कुलिङ पिरियडमा भएको त्रुटी सम्पन्न हुन्छ कि हुँदैन भन्ने कुरामा सोच्नुपर्ने बताए । यद्यपी उनले नैतिकताका आधारमा राजीनामा दिएर संसदको सम्मान बढेको अनुभूति भएको बताए । संसदको सम्मान बढेको अनुभूति भएको छ । राज्य व्यवस्थ
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले चीनसँग जोडिएका दुई प्रमुख नाका तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प भएको भन्दै चाडपर्वको मुखमा बजारमा महँगी बढ्ने खतरा औंल्याएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले ती नाकाहरू अवरुद्ध हुँदा फलफूल, लत्ताकपडा लगायतका सामग्री आयातमा समस्या आइरहेको बताए । उनले सरकारको ध्यान तत्काल नाकाहरू सुचारु गराउनेतर्फ जानुपर्नेमा जोड दिए ।‘तातोपानी र केरुङ दुईवटा नाकाहरू उत्तरसँग जोडिएका छन् । यो नाकाहरुबाट हामी फलफूल, लत्ताकपडा लगायतका धेरै सामग्री आयात गर्छौं । तर अहिले यी दुवै नाका बाटोका कारण पूर्ण रूपमा बन्द छन्,’सापकोटाले भने,
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मल आपूर्तिमा सरकारको प्रयास र चुनौतिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । बिहीबारको बैठकमा बोल्दै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा ६ लाख टन मल आपूर्ति गर्ने सरकारको योजना रहेको बताए ।उनका अनुसार हाल देशभर वार्षिक मलको माग करिब १३ लाख टन रहेको मन्त्रालयको प्रक्षेपण छ । यद्यपि, अत्यधिक अनुदान भएकोले उपलब्ध बजेटले सम्पूर्ण माग धान्न नसकेको मन्त्री अधिकारीको भनाइ छ ।‘अहिले युरिया मलमा ८२ प्रतिशत र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको छ,’ मन्त्री अधिकारीले भने, ‘खरिद गरि ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत
काठमाडौँ – प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले संविधानले सबै जातजाती भाषा र धर्मलाई समान हैसियत प्रदान गरेको भएतापनि व्यवहारमा लागू नभएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मोरङ पूर्वको सुनसरी, मोरङ र झापामा रहेका पाँच लाख हाँडी जातिलाई माझीको पहिचान दिन माग गरे । उनले भने,‘संविधानले सबै जातजाति भाषा र धर्मलाई समान हैसियत प्रदान गरेको छ । तर व्यवहारमा रुखो छ । मोरङ, सुनसरी र झापामा पाँच लाखभन्दा बढी जनसंख्या भएको हाँडी जातीले पीडा भोगिरहेका छन् । यो जातीले थर माझी लेख्छन् । तर नेपालमा माझी लेख्ने अरू धेरै जाती पनि छन् । त्यसकारण संव
काठमाडौं— पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेका बेला शवबाट हड्डी निकालेर बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाटमा बस्दै आएका ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति हुन् भने यादवले उनलाई सहयोग गर्ने गरेका थिए।प्रहरीका अनुसार, गत साउन २३ गते बनेपा नगरपालिका–९ का ६५ वर्षीय राम शाहीको शव पशुपति आर्यघाटको चिता नम्बर २ मा जलाइरहेका बेला शंकास्पद गतिविधि देखिएको थियो। पशुपति क्षेत्र विकास कोष अन्तर्गत
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरण छानबनिका लागि राख्दै आएको माग सरकारले पूरा नगरेको भन्दै दुबै दलले बैठक बहिष्कार गरेका हुन् । बिहीबारको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले आ–आफ्नो आसनबाट उभिएर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा। चन्दा कार्कीलाई समय उपलब्ध गराएका थिए । उनीपछि राप्रपाका सांसद ध्रुवबहादुर प्रधानलाई समय पाएका थिए । संसद् सम्बोधनका क्रममा दुबै सांसदहरूले आन्दोलन जारी रहेको भन्दै बैठक बहिष्कारको घोषणा गरेक
काठमाडौं— तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस बढेको भन्दै सतर्कता अपनाउन विज्ञले सुझाएका छन् । यो लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।जनसुकै उमेर समूहका मानिसलाई यो रोग लाग्न सक्छ । तर, धेरैजसो १५ वर्षमुनिका बालबालिकालाई यो रोग लाग्ने गरेको चिकित्सक बताउँछन् ।हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगुर–बंगुरजस्ता जनावरलाई टोकेमा लामखुट्टे संक्रमित हुन्छ । उक्त संक्रमित लामखुट्टेले मानिसलाई टोके यो रोग लाग्न सक्ने उनीहरूको भनाइ छ ।विशेष गरी साउनदेखि कात्तिकसम्म देखिने जापानिज इन्सेफलाइटिस मानिसबाट मानिसमा सर्दैन ।जापानिज इन्सेफलाइटिसमा बेस्सरी टाउको दुख्नु, उच्च ज्वरो, बेहोस हुने,
काठमाडौं— जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । गत एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ वटा बैंकिङ कसुरका मुद्दा परिसर प्रमुख विश्व अधिकारीले जानकारी दिए ।सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् । परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् ।आव २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले बताए ।
काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को छायांकन सकिएको छ । ३५ दिनमा चलचित्रको छायांकन सकिएको हो ।काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा चलचित्रको छायांकन भएको हो । अब एउटा गीतको छायांकन गर्न बाँकी छ । ‘अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय अनुकुल पारेर बाँकी एउटा गीत खिच्नेछौँ’ निर्देशक शेर्पाले भने ।‘मिरमिरे’ माघ १ गतेलाई रिलिज हुँदै छ । नायिका सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर केही दिनअगाडि निर्माणपक्षले रिलिज डेट घोषणा गरेको थियो ।यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.