बर्दिया— बर्दियाको बारबर्दिया नगरपालिकाले घर घरमा सुत्केरी चेकजाँचको सुविधा दिएको छ । गत आर्थिक बर्ष २०८१/८२ मा सुत्केरी भएका ८७३ जना सुत्केरी आमालाई चेकजाँच र औषधी उपचार सेवा लिएका छन् ।सुत्केरी भइसकेपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट कम्तीमा दुई पटक सुत्केरी आमा र बच्चाको चेकजाँच गरिन्छ । सुत्केरी भएर घर गई सकेपछि सुत्केरी भएको तीन दिनमा र सात देखि १४ दिनमा चेकजाँच गरिन्छ । आमा र बच्चाको स्वास्थ्यमा समस्या देखिएमा सामान्य उपचार घरमै गरिन्छ भने थप उपचारका लागि नगर अस्पतालमा पठाउने गरिएको छ ।सुत्केरी हुँदा घरमा नै सेवा पाउँदा सहज भएको बारबर्दिया नगरपालिका
काठमाडौं— जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा प्रदान गर्नका लागि सहकार्य सुरु भएको छ ।यो सँगै अब जापान र कोरियामा रहेका नेपालीहरूले अबदेखि जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनि ट्रान्सफरमार्फत सहजै रकम पठाउन सकिनेछ ।यो साझेदारीसँगै अब नेपालीहरुले नेपालका कुनैपनि बैंक खाता तथा भुक्तानी सेवा प्रदायकका वालेटमा रकम पठाउन सकिन्छ । साथै नियो मनि ट्रान्सफरका देशैभर रहेका एजेन्ट नेटवर्क मार्फत समेत रकम प्राप्त गर्न सकिनेछ । जेआरएफसँगको सिाझेदारीका विषयमा नियो मनी ट्रान्सफरका सीईओ सागर खनालले भने,‘जेआरएफ रेमिटसँग मिलेर हामीले
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वीत हुन चाहेको बताए । ‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वीत हुन चाहन्छ’, शिष्टाचार भेटमा राष्ट्रपति पौडेल
काठमाडौं— गुण्डा नाइके भनेर चिनिएका राजेन्द्रबहादुर गोर्खाली उर्फ राजु गोर्खाली पक्राउ परेका छन् ।१० करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको घटनामा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार अपरान्ह चन्द्रागिरि नगरपालिका–१३ बाट नियन्त्रणमा लिएको हो ।विभिन्न घटनामा पक्राउ पर्दै छुट्दै आएका गोर्खाली विगतमा कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद भुक्तान गरेर छुटेका थिए ।उनी २०७९ मा प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका थिए ।पछिल्लो समय गोर्खालीले ठेक्कापट्टा गर्दै आएका छन् ।
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका लागि औपचारिक निम्तो पाएका छन् । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।आज बिहान नेपाल भ्रमणमा आएका सचिव मिस्री सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने क्रममा सो निमन्त्रणा पत्र बुझाएका हुन् । प्रधानमन्त्री ओलीको आगामी भदौ अन्तिम साता भारत भ्रमणमा जाने तय भएको छ ।
एजेन्सी— युद्धको चपेटामा परिरहेको गाजा क्षेत्रमा भोकमरी चरम अवस्थामा पुगेको छ। कुपोषण र भोकका कारण पछिल्लो २४ घण्टामा एक बालकसहित थप ११ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। यससँगै भोकमरीका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ, जसमा १०८ जना बालबालिका रहेका छन्।संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) का अनुसार गाजामा हाल करिब १० लाख महिला र किशोरीहरू गम्भीर भोकमरी, हिंसा र दुव्र्यवहारको जोखिममा छन्। खाना र पानी खोज्न उनीहरू अत्यन्त जोखिमपूर्ण परिस्थितिमा घर बाहिर जान बाध्य छन्, । उनीहरूको ज्यान समेत संकटमा परेको यूएनआरडब्लुएले जनाएको छ।
जनकपुरधाम— सामूहिक बलात्कारको आरोपमा धनुषाका अधिवक्ता प्रमोद कुमार रायलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रायलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरी शनिबार धनुषा ल्याइएको हो।धनुषा प्रहरीका अनुसार अधिवक्ता रायसहित तीनजनाले धनुषाकै एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा गत साता जाहेरी दिएकी थिइन्।प्रहरीले जनाएको अनुसार घटना २०७८ माघ १२ गते घटेको हो। प्रारम्भिक अनुसन्धानपछि रायलाई नियन्त्रणमा लिइएको हो।शनिबार उनलाई धनुषा जिल्ला अदालतमा पेस गरी आवश्यक अनुसन्धानका लागि म्याद थपको प्रक्रिया अगाडि बढाइन
काठमाडौं— काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूमाथि कारबाही सुरु गरेको छ। सार्वजनिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने भन्दै महानगरले धुम्रपान नियन्त्रणमा कडाइ थालेको हो।आइतबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिलाई प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना गरिने महानगर प्रहरीले जनाएको छ।नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार जनगुनासो र सार्वजनिक स्थानमा अत्यधिक धुम्रपानको अवस्था बढेपछि कडाइ गर्न यो कदम चालिएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को महानगरको आर्थिक ऐनमार्फत यो प्रावधान लागू गरिएको उनले जानकारी दिए।
बाँके– नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्षीय किशोरसमेत दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ईरिक्सामा सवार उनीहरूलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जनकपुर— जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुले प्रदर्शन गरेका छन् ।अरुलाई न्याय दिलाउन अहोरात्री कलम चलाउँदै आएका पत्रकारहरु स्वयम पीडित भएको भन्दै धनुषासहित मधेश प्रदेशका विभिन्न पत्रकार संगठनमा आवद्ध सञ्चारकर्मीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि नाराबाजी गर्नुका साथै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रेस स्वतन्त्रता कायम गर, पत्रकार कुट्न पाईदैन, कालो कोटे मुर्दावाद, दोषीलाई कारवाही गर जस्ता नारासमेत लगाएका छन् ।गत साउन २७ गते नेपाल बार एसोसिएसन जनकपुरका केही वकिलहरूले पत्रकारमाथि सामूहिक आक्रमण गरी कुटपिट गरेको थिए । उक्त घटनामा ६ जना पत्रकार घाइते
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.