एजेन्सी— युद्धको चपेटामा परिरहेको गाजा क्षेत्रमा भोकमरी चरम अवस्थामा पुगेको छ। कुपोषण र भोकका कारण पछिल्लो २४ घण्टामा एक बालकसहित थप ११ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। यससँगै भोकमरीका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ, जसमा १०८ जना बालबालिका रहेका छन्।
संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) का अनुसार गाजामा हाल करिब १० लाख महिला र किशोरीहरू गम्भीर भोकमरी, हिंसा र दुव्र्यवहारको जोखिममा छन्। खाना र पानी खोज्न उनीहरू अत्यन्त जोखिमपूर्ण परिस्थितिमा घर बाहिर जान बाध्य छन्, । उनीहरूको ज्यान समेत संकटमा परेको यूएनआरडब्लुएले जनाएको छ।