समाचार

    Showing 10,851-10,860 of 25,723 items.
  • नेपालमा डुबेर हुने मृत्यु रोक्न पौडीबाज लाया सिड्नीमा म्याराथन दौडदै

    सिड्नी । व्यावसायिक पौडीबाज लाया कोमा आउँदो ३१ अगस्ट २०२५ मा सिड्नी म्याराथनमा दौड्दै छिन्।  नेपालमा डुबेर हुने मृत्यु तथा घाइते हुने अवस्थाबारे जनचेतना जगाउन र यसलाई  रोकथाम गर्नका लागि सञ्चालन हुने गतिविधिहरूलाई सहयोग गर्न आफूले उक्त दौडमा भाग लिन लागेको उनले बताइन् ।सिंगापुरमा रहेकी उत्साही ‘लाइफसेभर’ लाया ‘ए ग्लोबल मिशन टु एण्ड ड्राउनिङ—स्टार्टिङ विथ नेपाल’ (डुब्ने समस्याको विश्वव्यापी अन्त्यको ‘मिशन’, नेपालबाट शुरू गरौं)भन्ने नारासहित म्याराथनमा सहभागी हुँदैछिन्।नेपालका विभिन्न भागमा, विशेषगरी बालबालिकाहरू, डुबेर अकालमा ज्यान गुमाइरहेका छन्। तराई–मधेश क्षेत्रमा मात्र डुबेर हुने

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 287 पटक पढिएको
  • ओली बिनाको एमाले र एमाले बिनाको नेपाल बनाउने षडयन्त्र हुँदैछ : कमलप्रसाद चौलागाईँ

    रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपाल माथि अहिले पनि विदेशी हस्तक्षेप जारी रहेको बताएका छन् । नेकपा एमाले रामेछापको पाँचौँ पूर्णबैठकलाई शनिबार सम्बोधन गर्दै चौलगाईँले त्यही अन्तर्राष्ट्रिय गिरोहले केपी ओली बाहेकको एमाले र एमाले बाहेकको नेपाल बनाउने षडयन्त्र गरिरहेका चौलागाईँको दाबी छ । उनले भने, ‘अहिले पूर्वराष्ट्रपतिले राजनीतिमा आउने  भनेको कुरा त्यही षडयन्त्रको परिणाम हो ।’ केपी ओलीलाई अहिले पार्टी अध्यक्षबाट हटाउनुपर्ने अन्य कुनै कारण नभएको उनले दाबी गरे ।उनले भने, ‘चौतर्फी आक्रमण भएको बेला, सबै एक भएर घेराबन्दी गरेको बेला समेत पार्टीलाई पहिल

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 342 पटक पढिएको
  • आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन, मोती जयन्ती मनाइँदै

    काठमाण्डौ । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय म

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 403 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। बाग्मती प्रदेशका केही स्थानहरू साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराइको भूभागका साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केहि स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।राति मधेस, कोशी, बागमती

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 476 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७०  पैसा र बिक्रीदर ९० रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ४४ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 469 पटक पढिएको
  • आज २०८२ साल भदौँ ०७ गते शनिबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। बोलीमा प्रभाव बढ्नेछ, जसले व्यक्तिगत र सामाजिक सम्बन्धमा सुधार ल्याउनेछ। प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा पनि समय अनुकूल रहनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)विद्या र बुद्धिको प्रयोगबाट आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो उपलब्धि मिल्ने सम्भावना छ। चुनौतीका बीच पनि महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्। परिणाममुखी काममा लगानी गर्नु लाभदायक हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ ठाउँमा लगानी गर्दा सतर्कता आवश्यक देखिन्छ, किनभने

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 764 पटक पढिएको
  • नेपाल प्रहरीद्वारा ५४ किलो चरेस बरामद

    काठमाण्डौ  ।  पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ देउरीयास्थित रामायाण चौधरीको धान खेतबाट शुक्रबार प्रहरीले ५४ किलो ४०० ग्राम चरेस बरामद गरेको छ।चरेस लुकाएर राखिएको सूचना प्रहरीलाई प्राप्त भएपछि शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको टोलीले स्थानीय रामायण चौधरीको धान खेतमा लुकाएर राखिएको अवस्थामा ५४ किलो ४०० ग्राम चरेस फेला परेको प्रहरी निरीक्षक थापाले बताएका छन। बरामद चरेस जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको र फरार रहेका खेतधनी चौधरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारि दिएको छ।

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 657 पटक पढिएको
  • तीन दशकमा माइन तथा विस्फोटनका कारण ६५१ जनाको मृत्यु, २,८९९ घाइते

    काठमाडौं–  गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्मको अवधिमा माइन तथा विभिन्न विस्फोटनजन्य घटनाका कारण प्रहरी र सर्वसाधारण गरी ६५१ जनाको ज्यान गएको जानकारी दिएका छन्।राष्ट्रिय सभामा सांसद मदनकुमार साहको प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले सो अवधिमा २,८९९ जना घाइते भएको बताए। द्वन्द्वकालीन घटनाका मृतकका हकदारलाई सरकारले प्रत्येकलाई १० लाख रुपैयाँ राहत प्रदान गरिसकेको जानकारी उनले दिए।शहीद तथा घाइतेका सन्तानलाई वार्षिक रुपमा छात्रवृत्ति, टुहुरा बालबालिकालाई १८ वर्षसम्म मासिक ५ हजार रुपैयाँ र घाइते अपाङ्गहरूलाई  अपाङ्गताको प्रतिशतअनुसार मासिक भत्ता दिइँदै आएको गृहमन्त्री लेखक

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 567 पटक पढिएको
  • "देशभक्त आवाजमाथि दमन? सोम शर्मा भन्छन्— 'माइतिघरमा उठेको राष्ट्रवादी स्वर नियन्त्रण गर्न खोजियो'"

    काठमाडौं –  भारतिय विस्तारवादविरुद्ध माइतिघर मण्डलामा शान्तिपूर्ण रूपमा उभिएका ७ जना राष्ट्रप्रेमी युवाहरूलाई प्रहरीले बलपूर्वक गिरफ्तार गरी २४ घण्टा हिरासतमा राखेको छ।नेपालको भूमि र राष्ट्रिय स्वाभिमानका लागि नारा लगाउने नागरिकहरूलाई अपराधी झैँ व्यवहार गरिँदा, राज्यसंस्थाको चरित्रमाथि गम्भीर प्रश्न उठेको छ।पक्राउ परेका युवाहरूको एक मात्र आवाज थियो ।जसमा भारतिय विस्तारवाद मुर्दाबाद भारत र चीनले मिचेको भूमि तत्काल नेपाललाई फिर्ता गर जस्ता नारा गञ्जिएको थियो। हिरासतबाट छुटेपछि समाजिक अभियन्ता  सोम शर्माले कठोर शब्दमा राज्यप्रतिको विश्वासघातको भण्डाफोर गरेकाछन।उनले आफ्नो सामाजिक सञ्जाल

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 641 पटक पढिएको
  • घर फर्किँदै गरेका बालबालिकालाई अरिङ्गालले टोकेपछि एकजनाको मृत्यु, ६ जना घाइते

     रोल्पा— रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा गैरीगाउँस्थित वीरेन्द्र माविका ७ विद्यार्थीलाई अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ। बिहीबार विद्यालयबाट घर फर्कँदै गरेका बेला ७ बालबालिकालाई घर नजिकैको तिला जंगलमा अरिंगालले टोकेको थियो। शिशु कक्षाका ७ वर्षीय बालक मोहन परियारको रोल्पा अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको हो। गम्भीर घाइते बालबालिकाको उपचार भइरहेको छ। घाइतेलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको रोल्पा प्रहरीले जनाएको हो।विद्यालयका प्रधानाध्यापक बरमन बुढाका अनुसार घाइते विद्यार्थीलाई तिलास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 728 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.