समाचार

    Showing 10,851-10,860 of 19,751 items.
  • मुकुल ढकाल महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री डा। मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।पार्टीको निर्णय सुनाउनुहुँदै कार्यवाहक प्रवक्ता मनीषा झाले केन्द्रीय समितिमा भएको छलफलका आधारमा ढकालबाट पार्टीको आचारसंहिताको दफा ४ (१) को क, ख, च, प र फ एवम् दफा ४ (२) को ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख, ग, घ समेतको उल्लङ्घन भएको ठहर गरेको बताए । उनले त्यसबाट पार्टीलाई प

    • प्रकाशित मितिः असार २५, २०८१
    • 758 पटक पढिएको
  • अवैध लागुऔषधसहित पाँच जना पक्राउ

    काठमाडौं— अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउ परेका छन्।  प्रहरीले सुर्खेत विरेन्द्रनगर नगरपालिका–१२ हरियाली टोलबाट अवैध लागुऔषध ब्राउनसुगर ८० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका–७ घर भएका २६ वर्षीया राधिका बुढा र सुर्खेत विरेन्द्रनगर नगरपालिका–३ बस्ने २८ वर्षीय संजय केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। त्यसैगरी धनकुटा, साँगुरीगढी गाउँपालिका–१० ताम्राङ स्थित सडकबाट अवै

    • प्रकाशित मितिः असार २५, २०८१
    • 276 पटक पढिएको
  • शारीरिक यातना भोग्दै अझै ३४ राजबन्दी भुटानी जेलमा

    काठमाडौं— भुटानमा ३१ वर्ष १० महिनादेखि राजनीतिक बन्दीका रूपमा थिम्पुको चेम्गाङ केन्द्रीय कारागारमा रहेका रामबहादुर राई रिहा भएका छन्। उनी शुक्रबार रिहाइ भएको र लगत्तै उनी भारत–भुटान सीमाको भारतीय भूमि जयगाउँ हुँदै आइतबार भुटानी शरणार्थी शिविर बेलडाँगी पुगेका छन्। राजनीतिक कारणले पक्राउ गरिएका ३४ जना राजबन्दी भुटानका विभिन्न जेलमा छन्। उनीहरूमध्ये अधिकांश नेपालीभाषी छन्। भुटानी राजनीतिकबन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी)का संयोजक राम कार्कीले राई रिहा भएको जानकारी दिए। अभियानले भुटानी जेलमा रहेका राजबन्दीहरूको रिहाईका लागि अन्तराष्ट्रिय रूपमा दबाब दिँदै आएको छ।‘भ

    • प्रकाशित मितिः असार २५, २०८१
    • 269 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक आज पनि, के छन् कार्यसूची

    काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ)’ पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै, अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूच

    • प्रकाशित मितिः असार २५, २०८१
    • 315 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बिहान देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको एक दुइ स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   राति देशभर साधारणतयादेखि

    • प्रकाशित मितिः असार २५, २०८१
    • 460 पटक पढिएको
  • मुगु जिल्लामा २४ वटा घर र गुम्बामा चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ

    काठमाण्डौ  ।   मुगु जिल्लाको मुगुम कार्मारोङ गा.पा. वडा नं. ०१ डोल्फु गाउँको  २४ वटा घर र एउटा सार्वजनिक गुम्बा डाँका चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई प्रहरिले पक्राउ गरेको छ ।जिल्ला मुगु, मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ०१ डोल्फु गाउँमा मिति २०८१/०२/१२ गते राती अन्दाजी २०:०० बजेको समयमा बिष्णु बहादुर बुढा समेतका ७/८ जना अपरिचित व्यक्तिहरूको समुहले मुखमा मास्क लगाई हातहतियार सहित गाउँमा प्रवेश गरी गोली पड्काई केही स्थानीय मानिसहरूलाई कुटपिट समेत गरी डरत्रासमा पारी सोही गाउँका २४ वटा घर र एउटा गुम्बा तोडफोड गरी नगद पैसा, सुन, चाँदी, गरगहना (अन्दाजी सुन ३५ तोला, चाँ

    • प्रकाशित मितिः असार २४, २०८१
    • 242 पटक पढिएको
  • प्रहरीले ५ लाख रुपैयाँ भन्दा बढीको भन्सार छलिको अबैध सामान बरामद

    रौतहट  ।  रौतहट जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ५ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय सामानहरू बरामद गरेको छ।तस्करहरुले भारतीय बजारबाट खरीद गरी चोटिलुकी भन्सार छलेर बिभिन्न नाका हुँदै भित्र्याएको उक्त सामानहरू बरामद गरेको हो। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीका अनुसार १ लाख ९६ हजार बराबरको चाँदीको गहनाहरू, १ लाख ५५ हजार ८ सय बराबरको लत्ताकपडा सवारीसाधन ,१ लाख २४ हजारको पशु चौपाया र ९७ हजार ७०० को किराना तथा खादान गरी कुल ५ लाख ५५ हजार ५ सय बराबरको अबैध सामान बरामद गरेको हो।बरामद सामान तथा सवारीसाधन आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी का

    • प्रकाशित मितिः असार २४, २०८१
    • 221 पटक पढिएको
  • बाढीमा डुबेर दुई किशोरीको मृत्यु

    काठमाडौँ- कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन्। पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको सोमबार दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । सृजना र लक्ष्मीको शव भेटिएको छ भने आरतीको अवस्था अज्ञात छ । उनीहरुसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन् । प्रहरीले आरतीको खोजी गरिरहेको छ । चारै जना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेको प्रहरीले जनाएको छ । दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनप

    • प्रकाशित मितिः असार २४, २०८१
    • 265 पटक पढिएको
  • 'धम्कीमात्र किन ? खुरु खुरु फाइल खोल्नुहोस्'

    काठमाडौं— नेकपा एमालेले संविधान संशोधन अंकगणितले नभई राष्ट्रिय सहमतिमा हुने बताएको छ। आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय सहमति र राष्ट्रिय आवश्यकताले मात्र संविधान संशोधन हुने बताएका हुन्।‘हिजो संसदमा कुरा चले, यो संसदमा त दुई तिहाई पुर्‍याउनुहोला तर राष्ट्रिय सभामा देखाइदिन्छौ भनेर। तर, सरकार निर्माणमा एउटा अंक गणित होला। राष्ट्रिय मुद्दामा सबैलाई समेटेर लैजान्छौं’ उनले भने।उनले सरकार बहुमत हुँदा राजीनामा दिन्छु भन्दै हिँड्ने मन्त्रीहरु  सरकार अल्पमतमा परेको बेला राजीनामा पत्र कहाँ पुग्यो भन्दै प्रश्न गरे। उनले माओवादी केन्द्र र रास्व

    • प्रकाशित मितिः असार २४, २०८१
    • 263 पटक पढिएको
  • यी हुन गभर्नरले संसदीय विशेष छानविन समितिलाई दिएका पाँच सुझाव

    काठमाडौं—  नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि संसदीय छानबिन समितिलाई पाँचवटा सुझाव दिएका छन्। सिंहदरबारमा सोमबार बसेको समितिको ११ औं बैठकमा महाप्रसाद अधिकारीले एकलाख सम्मका बचतकर्ता, पाँच लाखसम्मका बचतकर्ता र सो भन्दा बढि बचत गर्ने बचतकर्ता गरि तीन चरणमा वर्गीकरण गरि रकम फिर्ता गर्न सहज हुने सुझाव दिएका हुन्।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहकारी छानबिन समितिका संयोजक सूर्यबहादुर थापाले समस्याग्रस्त सहकारीका सम्बन्धमा विशेष टीम गठन गर्न सकिने सुझाव दिएको जानकारी दिए।थापाका अनुसार गभर्नर अधिकारीले एक लाख, पाँच लाख र पाँच लाख भन्दा

    • प्रकाशित मितिः असार २४, २०८१
    • 432 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा