काठमाण्डौ  ।  पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ देउरीयास्थित रामायाण चौधरीको धान खेतबाट शुक्रबार प्रहरीले ५४ किलो ४०० ग्राम चरेस बरामद गरेको छ।

चरेस लुकाएर राखिएको सूचना प्रहरीलाई प्राप्त भएपछि शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको टोलीले स्थानीय रामायण चौधरीको धान खेतमा लुकाएर राखिएको अवस्थामा ५४ किलो ४०० ग्राम चरेस फेला परेको प्रहरी निरीक्षक थापाले बताएका छन। 

बरामद चरेस जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको र फरार रहेका खेतधनी चौधरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारि दिएको छ।