काठमाडौं, भदौ ६ – नेपाल सरकार फेरि पनि प्रश्नको कठघरामा उभिएको छ—के यो राज्य अब विदेशीको आदेशमा चल्दैछरु भारतिय विस्तारवादविरुद्ध माइतिघर मण्डलामा शान्तिपूर्ण रूपमा उभिएका ७ जना राष्ट्रप्रेमी युवाहरूलाई प्रहरीले बलपूर्वक गिरफ्तार गरी २४ घण्टा हिरासतमा राखेको छ।

नेपालको भूमि र राष्ट्रिय स्वाभिमानका लागि नारा लगाउने नागरिकहरूलाई अपराधी झैँ व्यवहार गरिँदा, राज्यसंस्थाको चरित्रमाथि गम्भीर प्रश्न उठेको छ।

पक्राउ परेका युवाहरूको एक मात्र आवाज थियो ।

जसमा भारतिय विस्तारवाद मुर्दाबाद भारत र चीनले मिचेको भूमि तत्काल नेपाललाई फिर्ता गर जस्ता नारा गञ्जिएको थियो। हिरासतबाट छुटेपछि समाजिक अभियन्ता  सोम शर्माले कठोर शब्दमा राज्यप्रतिको विश्वासघातको भण्डाफोर गरेकाछन।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन........

देशको माटो जोगाउन उठेको स्वरलाई राज्यकै हातले थुन्न खोजिएको यो पहिलो चोटि हो। मैले देखे, बुझें—यो शासन कसको इशारामा नाचिरहेको रहेछ .अब प्रश्न उठ्न थालेको छ।

देशभक्त बन्नु अपराध हो? देशको मिचिएको भूमि फिर्ता माग्दा प्रहरीको लाठी सहनु पर्ने कस्तो व्यवस्था हो यो राज्यका संरचनाहरू यदि विदेशी दबाबमा नागरिककै स्वर थिच्न उद्यत छन् भने, अब जनताको मौनता नै सबैभन्दा ठूलो जोखिम बन्न सक्छ। राष्ट्रका लागि बोल्नेहरूलाई पक्राउ गर्नु भनेको राष्ट्रियता अपराध ठहर गर्नु हो।

सोम शर्मा भन्छन..

फेरि पनि पक्राउ गर्न आउनुहोस्, हामी तयार छौं। तर सम्झनुहोस्—नेपाल प्रहरीको वर्दीभित्र लुकेको भारतीय प्रहरीलाई इतिहासले माफ गर्ने छैन।

देश झुक्न सक्दैन। भूमि मिच्नेहरूभन्दा बढी खतरनाक त ती हुन्, जो देशभित्र बसेर आफ्नै जनताको स्वर थिच्न खोज्छन्।