समाचार

    Showing 10,791-10,800 of 25,722 items.
  • नक्कली सुन बेचेर ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— नक्कली सुनलाई सक्कली भनी विभिन्न व्यक्तिहरूलाई झुक्याएर ठगी गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।पक्राउ पर्ने व्यक्ति सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१ टाक्सिण्डो निवासी ३३ वर्षीय लाक्पा शेर्पा हुन्। उनलाई काठमाडौं महानगरपालिका–२६ स्थित गोंगबुको क्वालिटी क्याफेबाट प्रहरीले पक्राउ गरेको हो।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले अवैध सुनको किनबेच भइरहेको भन्ने सूचनाका आधारमा शेर्पालाई १ किलोग्राम सुनजस्तो देखिने धातुसहित पक्राउ गरेको हो।प्रारम्भिक अनुसन्धानमा उनले नक्कली सुनलाई सक्कली भनी विश्वास दिलाई विभिन्न व्यक्तिहरूसँग ठगी गर्ने गरेको खुल्न आ

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 756 पटक पढिएको
  • जिम्मेवार वहन गर्न नसक्ने ‘नक्कली कम्युनिष्ट’ होः वामदेव गौतम

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले सिधै जनतामा पुग्ने जिम्मेवारी खोजेको बताएका छन् । सोमबार ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी पार्टीका भित्री कुरा आफूलाई थाहा नभएको भन्दै आफूले जिम्मेवारी खोजेको बताएका हुन् । उनले भने, ‘मैले जनतामा सिधै गइहाल्ने जिम्मेवारी खोजेको हुँ । जनतामा सिधै जाने माध्यम के हुन सक्छ र समाजवादी पार्टीमा त्यस्तो के छ सबै थाहा छैन । त्यसको पहिचान खोजिरहेको छु ।’नेता गौतमले समाजवादीका नेताहरु काठमाडौंकेन्द्रित भएको भन्दै पार्टीले प्रत्येक सदस्यले एउटा जिम्मेवारी वहन गर्नदिनुपर

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 695 पटक पढिएको
  • गगन थापा भन्छन ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ

    काठमाडौं— नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद छाड्छु भनेर भन्नुको कुनै अर्थ नभएको बताएका छन् । पद छाड्छु भनेर सम्झिरहनु जरुरी नभएको उनको भनाइ थियो । सोमबार काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संङग्रहको विमोचन कार्यक्रममा उनले शेर बहादुर देउवा र केपी ओलीले आलोपालो प्रधानमन्त्री चलाउने भनेर हप्तामा एक पटक सम्झनुको अर्थ नभएको बताएका हुन् । उनले भने, ‘डर र लोभ दुई वटा कुराबाट हामी मुक्त नभई अगाडि बढ्न सक्दैँनौ । काङ्ग्रेस अहिले ०८४ को चुनावमा के हुन्छ भन्ने चिन्ताबाट मुक्त हुनुपर्छ । काङ्ग्रेस केबाट पनि मुक्त हुन

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 738 पटक पढिएको
  • नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

    काठमाडौं— पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नकारात्मक मानसिकताले निराशा पैदा गर्ने हुँदा हीनभावले ग्रसित नहुन आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् । ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश हुने मानिसहरु कम्युनिष्ट पार्टी नै परित्याग गरेर हिड्ने भन्दै आशावादी हुन आग्रह गरेका हुन् । उनले भने, ‘जहिले पनि यो नकारात्मक मानसिकताका साथ हीनभावले ग्रसित भएर अघि बढ्ने काम नगर्नुस् । त्यस्ताहरुले पार लगाउँदैनन् । त्यस्ता निराशहरु पलायन हुन्छन् । संयोजन गर्ने मानिसहरु निराश बनाउने पनि छन् र आशावादीह

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 704 पटक पढिएको
  • स्वास्थ्य सन्देश बोकेको देउडा गीत, लक्षित मातृ–शिशु सुरक्षा

    मुगु— जिल्लाको सोरु गाउँपालिका–७ तारापानीमा आयोजित मातृ–शिशु स्वास्थ्यसम्बन्धी जनचेतनामूलक देउडा गीत प्रतियोगिता आयोजना गरिएको छ । पछिल्लो समयमा बालबिवाह कायमै हुनुका साथै सामान्य बिरामी हुँदा धामीझाँक्री र झारफुक गर्दा अकालमा मान्छेहरुको ज्यान जाने भएकाले सचेतनाका लागि प्रतियोगिता आयोजना गरिएको हो ।मातृ शिशुको स्वास्थ्य सुधारको लागि कस्ता खानेकुरा खाने, स्वास्थ्य संस्थामा उपचार कसरी लिने, ब्यक्तिगत तथा सामूहिक, सामूदायिक स्वास्थ्य सरसफाई कसरी गर्ने जस्ता सन्देशमार्फत सांस्कृतिक देउडा प्रतियोगिता आयोजना गरिएको हो ।गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडार्क नेपालको आयोजनामा सम्पन

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 782 पटक पढिएको
  • हैजा नियन्त्रणमा वीरगञ्जमा सरोकारवाला निकायबीच समन्वयात्मक छलफल

    काठमाडौं— वीरगञ्ज महानगर क्षेत्रमा हैजाको संक्रमण समुदायस्तरमै फैलिन थालेपछि नियन्त्रण र रोकथामका प्रयासहरू तीव्र पारिएका छन्। संक्रमणको चपेटामा परेका स्थानीय तहमा व्यापक जनस्वास्थ्य संकट उत्पन्न हुने चिन्ताबीच सरकारी तथा गैरसरकारी निकायहरू सक्रिय भएका छन्।संघीय सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली आइतबारदेखि वीरगञ्जमा परिचालनमा छन्। ती टोलीहरूले हैजासम्बन्धी अवस्थाको स्थलगत अवलोकन गर्दै नियन्त्रणका उपायहरू कार्यान्वयन गरिरहेका छन्यसै सन्दर्भमा सोमबार वीरगञ्जमा हैजा रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ। कार्य

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 760 पटक पढिएको
  • करणी अभियोगमा झापा र नुवाकोटबाट तीन जना पक्राउ

    काठमाडौं— जबरजस्ती करणीको आरोपमा झापाबाट दुई जना र नुवाकोटबाट एक जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।झापाको कचनकवल गाउँपालिका–७ निवासी ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्न बहादुर तामाङलाई १६ वर्षीया बालिकामाथि करणी गरेको उजुरीको आधारमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। घटनाबारे प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।त्यसैगरी, नुवाकोटको बिदुर नगरपालिका–३ मैरीटारका ३५ वर्षीय बाबुराम माझीलाई पनि करणी अभियोगमा पक्राउ गरिएको छ। उनलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार साँझ प्रहरी चौकी देवीघाटबाट

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 648 पटक पढिएको
  • कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध

    काठमाडौं—  प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार माइतीघर मण्डलामा भेला भई प्रदर्शन गरेका हुन् । माइतीघरमा भेला भएर हातमा कालोपट्टी बाँधेर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् ।विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लग

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 587 पटक पढिएको
  • वडामै गएर राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा वितरण गरिने

    रामेछाप— रामेछापको एक मात्र हिमाली स्थानीय तह उमाकुण्ड गाउँपालिकामा नागरिकलाई वडामा नै पुगेर राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन र कार्ड वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछाप र गाउँपालिकाको आयोजनामा सो कार्य हुन लागेको हो । यसअघि विवरण सङ्कलन गरी जिल्ला प्रशासन कार्यालयमा आएर बसेका परिचयपत्र लिन आउन तथा नयाँ परिचयपत्रको लागि विवरण र फोटो खिचाउन स्थानीयलाई जिल्ला प्रशासन कार्यालय आउनु नपरोस् भनी गाउँमा नै गएर सो काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । ‘यसअघि बनेका धेरै राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा आएर थन्किएका छन्, ती परिचयपत

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 582 पटक पढिएको
  • भदौ ११ गते राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन हुने

    काठमाडौं— राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ। सोमबार सभामुख देवराज घिमिरेले भदौ ११ गते सभापतिको निर्वाचन हुने समय तालिका सार्वजनिक गरेका हुन् ।सभामुखको निर्देशनमा संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सूचना निकालेर भदौ ११ गते सभापतिको निर्वाचन हुने जानकारी गराएका छन्।संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार सभापति रिक्त भएको १५ दिनभित्र पदपूर्ति गरिसक्नुपर्ने छ ।

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 710 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.