काठमाडौं–निरन्तरको वर्षापछि आएको पहिरोमा परेर एकै परिवारका तीनजनासहित पाँच जना बेपत्ता भएका छन् । गोरखाको धार्चे–५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका हुन् । स्थानीयका अनुसार आज (आइतबार) बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्म पहिरोमा पुरिएका हुन् । प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारीपछि खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी गराए । यसको थप विवरण आउन बाँकी छ ।
काठमाडौं–चितवनस्थित सिमलतालमा हराएको बस खोज्न थालेको दुई साता भइसक्यो । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको आज १७ दिन भयो । खोजीमा नेपाली मात्रै नभएर भारतको राष्ट्रिय आपदा मोचन बलका १२ जनाको टोली पनि खटिएको छ । पहिरोले बगाएको बस र यात्रुको अवस्थाबारे कुनै ठोस जानकारी मिल्न सकेको छैन । गत असार २८ गते सिमलतालमा लेदोसहितको पहिरोमा परी काठमाडौंबाट गौरतर्फ जाँदै गरेको र वीरगन्जबाट काठमाडौंतिर आउँदै गरेका दुई बस त्रिशूली नदीमा खसेका थिए । दुई बसमा ६५ जना सवार भएपनि तीमध्ये तीनजना बाँच्न सफल भएका थिए । दुर्घटनामा परेका मध्ये हालसम्म २४ शव फेला पारिएको छ । जसमध्ये १
काठमाडौं–ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । जानकारी अनुसार शनिबार राति १०:१३ बजेको समयमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार क्षतिबारे कुनै जानकारी आइसकेको छैन ।
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।राती देशभ
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुइ स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी,बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ
काठमाडौं–जहाज दुर्घटनामा घाइते क्याप्टेन मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष(आईसीयू) बाट निकालिएको छ । स्वास्थ्यमा सुधार आएपछि सामान्य वार्डमा सारिएको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालले जानकारी दिएको छ । सौर्य जहाज दुर्घटनामा घाइते भएका उनलाई आकस्मिक कक्षमा प्राथमिक उपचारपछि निगरानीका लागि आईसीयूमा राखिएको थियो । अस्पतालले शाक्यको अवस्था खतरामुक्त र सुधारोन्मुख रहेको जनाएको छ । शाक्यलाई न्युरो र हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखिएको छ । उनको अनुहार, आँखा, नाक र टाउकामा चोट लागेको छ, ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिका तीनवटा करङ भाँचिएको छ । बुधबार बिहान पोखरा जाँदै गर्दा सौ
काठमाडौं–नेपालीहरुका लागि रोजगारीको आकर्षक गन्तव्यका रुपमा रहेको इजरायलले कोटा बढाएको छ । दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दुई हजार नेपाली केयरगिभरमा लैजाने गरी कोटा बढाइएको हो । अब एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक गरी दुई हजार नेपाली केयरगिभरमा लैजाने इजरायलले जानकारी गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच मन्त्रालयमा सो विषयमा सहमति भएको हो । वैदेशिक रोजगार विभागले वैकल्पिकसहित आठ सय जनाका लागि गएको असार ११ देखि साउन ११ सम्म आवेदन माग गरेको छ । विभागका अनुसार आवेदन माग गर्दा छनोट हुने पाँच सय उम्मेदव
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर सन्दुक रुइतसँग भेट गरेका छन् । बिहीबार रुइतसँग भेट गर्दै ओलीले आँखासहित समग्र स्वास्थ्य क्षेत्रलाई लिएर छलफल भएको जानकारी दिएका छन् । ओलीले आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको रुइतको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भएको पनि उल्लेख गरेका छन् ।भेटपछि सामाजिक सञ्जालमा एक तस्विर साझा गर्दै ओलीले लेखेका छन्, ‘डा. सन्दुकसँग आज ! बाहिर झमझम पानी परिरहेको थियो। भेटको मेरो प्राथमिकतामा रहनु भएका डाक्टर सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो । आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनें । आँखा नभएका मानिसलाई
काठमाडौं–लामो समयदेखि मिर्गौला रोगबाट ग्रसित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । वीर अस्पतालमा उपचाररत प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गरेका हुन । उनका एक छोरा, एक छोरी र श्रीमती छन् । नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ । प्रमुखको निधनसँगै कीर्तिपुर नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् । यस अघि वडा नम्बर १ र ४ का अध्यक्षको निधन भई सकेको छ भने कार्यपालिका सदस्य श्याम दानकोटीको समेत निधन भएसँगै रिक्त सङ्ख्या चार जना पुगेको हो ।
काठमाडौं–बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १३७ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाले ज्यान गुमाएका छन् । साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४८ जना घाइते भएका छन् । घाइतेहरू
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.