काठमाडौं— रौतहटमा सुटकेसमा मृतावस्थामा फेला परेकी रुबी साहका प्रमुख आरोपित पक्राउ परेका छन्। घटनामा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवान पक्राउ परेका हुन्।
पासवान घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए । ‘हामीले निगरानीमा राखेको थियौँ। उहाँ आफैँ घाइते अवस्थामा फेला पर्नुभयो।’ डीएसपी कार्कीले भने,‘आरोपितभन्दा पनि लगभग प्रमाणित भइसक्यो। घटना घटाएको स्वीकारेको छ।’ कार्कीका अनुसार रौतहट आरोपितलाई प्रहरीले जलेको अवस्थामा भेटिएका छन्।
पासवानले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका हुन्। माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैँचा–बिसुनपुरवा मानपुर जाने बाटोमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
उनको टाउकोसहित शरीरको अधिकांश भाग जलेको र बोल्नसमेत कठिन भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।