झापा— १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका–१ स्थित होक्सेमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ जिल्ला सिदिङवा गाउँपालिका–३ बस्ने १९ वर्षीय जीवन कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।
उक्त घटना गत असार १४ गते राति भएको प्रहरीले जनाएको छ । पीडित बालिकाकी कान्छी आमाले गत सोमबार दिएको जाहेरीको आधारमा कटुवाललाई पक्राउ गरिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ ।