काठमाडौं–वर्षापछिको पहिरोले कर्णाली राजमार्ग बन्द भएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका–१, असाराघाट नजिक पहिरो गएपछि बन्द भएको हो ।पहिरोले पूर्ण रूपमा सडक अवरुद्ध गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । राजमार्ग पूर्ण रूपमा अवरोध भएकोले राजमार्ग खुलाउने पहल भइरहेको छ । सुर्खेतबाट सडकमार्ग हुँदै माथिल्लो कर्णाली आउजाउ गर्न समस्या भएको छ ।
काठमाडौं–सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित कार्यदलले विधेयकलाई आज अन्तिम रूप दिने भएको छ । कार्यदलको बैठक सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा जारी छ । यसअघि संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको कार्यदलले सरोकारवालासँग छलफल पनि गरिसकेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री लेखकसहित एमालेका मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा छन् । आज कार्यदलले सहमति खोजेर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असार १३ गते कार्
काठमाडौं–शनिबारदेखि उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरो जाँदा बेपत्ता भएकाहरु अझैसम्म पनि भेटिएका छैनन् । बेपत्ता पाँचै जना नभेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ । पहिराले घर गहिरो गरी पुरिएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको उनको भनाई छ । पुरिएको घर आसपास ठाउँ र भित्तामा खोतल्ने काम भइरहेको छ । खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी खटिएका छन् ।
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र
काठमाडौं–गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरो जाँदा चारजना बेपत्ता भएका छन् । सो घटनामा दुईजना घाइते छन् । पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजना बेपत्ता भएका हुन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते छन् । पहिरोमा बेपत्ता भएकाहरुको खोजी भइरहेको छ । घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।
काठमाडौं–सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका सबैजनाका आफन्तले शव बुझेका छन् । तर एक मृतक विदेशी नागरिक भएका कारण प्रक्रिया पूरा गरेर मात्रै शव व्यवस्थापन गरिने छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव शवपरीक्षणपछि आफन्तले शव बुझेका हुन् ।यही साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान उड्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ को मृत्यु भएको थियो । सोही दुर्घटनामा बाँच्न सफल क्याप्टेन मनिषरत्न शाक्यको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
काठमाडौं–चितवनस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक आज त्रिशूलीले बगाएको छ । नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास कार्य जारी रहँदा पनि बस र हराइरहेका यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । शनिबार भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा खोजी गरिएको थियो । खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएर बेपत्ता भएको हो । एउटा १९ किलोको चुम्बक हराएकाले अब बस र चुम्बक दुवै खोज्नु परिरहेको छ । त्रिशूलीमा १४ र १९ किलोको दुईवटा चुम्बक प्रयोग गरिएको थियो । गत असार २८ गते वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १
काठमाडौं–वर्षापछि आएको पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् । कर्णाली करिडोरअन्तरर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण बिहानैदेखि सडक अवरुद्ध भएको हो । नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो ।यस्तै, डुम्रे–बेँसीसहर–चामे सडक पनि बन्द भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, च
काठमाडौं–गृहमन्त्री रमेश लेखकले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई पक्राउ गर्ने प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीको सरूवा गरेका छन् । प्रहरी प्रधान कार्यालय विशेष ब्युरो नक्सालमा रहेका उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको हो । प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारी भने ब्युरो गएका छन् । केसी र अधिकारी गत जेठ ४ गते सँगै बढुवा सिफारिसमा परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका झासँगै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पक्राउ गर्नमा केसीको खास भूमिका थियो । दुई जनालाई प्रहरीले असार १४ गते पक्राउ गरेको थियो ।
काठमाडौं–मोरङमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा बा. २७ प. १८३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । शनिवार दिउँसो करिब सवा ३ बजेतिर मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार मोरङको बेलबारी–१ का ३७ वर्षीय सुनिलकुमार धिमाल, उहाँकी ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल र १३ वर्षीय छोरी सुस्मिना धिमाल घाईते भएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल पुर्याएको थियो । सोही क्रममा गम्भीर घाइते सुस्मिनाको मृत्यु भएको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.