स्याङ्जा— जिल्लाको आधारभूत स्वास्थ्य चौकी तोडफोड गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय रामकिसन गुरुङ रहेका छन्।
पुतलीबजार नगरपालिका—२ स्थित चिरुवामा हालै उदघाटन गरी सञ्चालनमा आएको स्वास्थ्य केन्द्रका झ्याल र ढोका तोडफोड गरेको भन्दै प्रहरीले गुरुङलाई पक्राउ गरी अनुसन्धान जारी राखेको जनाएको छ।
आइतबार राति स्वास्थ्य केन्द्रको झ्याल ढोका तोडफोड भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबरपाएपछि पुगेको प्रहरीले अनुसन्धानका क्रममा गुरुङको संलग्नता पाएपछि पक्राउ गरेको हो।
सोही वडाका स्थानीय गुरुङलाई पक्राउ गरी आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ। स्याङ्जा अदालतले १० दिनको म्याद थप गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।