बाँके— बैजनाथ गाउँपालिका-७ पेडारी बस्ने ४८ वर्षीय झक्क बहादुर भण्डारीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै कुखुरा फर्ममा रहेको बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।