समाचार

    Showing 10,731-10,740 of 19,751 items.
  • लागुऔषध सहित ९ जना पक्राउ

    मोरङ    ।    मोरङ, सुनसरी र उदयपुरको छुट्टा छुट्टै स्थानबाट हिजो प्रहरी टोलीले लागुऔषध सहित ९ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शिवशक्ति चोक बस्ने २७ बर्षीया एलिसा महत्तो, मोरङ रतुवामाई नगरपालिका ६ बस्ने २० बर्षीय असिम माझी, मोरङ रंगेली भई हाल सुन्दरहरैचा नगरपालीका ९ आदर्शचोक बस्ने १९ बर्षीय अभिषेक दमाई महतरा, १८ बर्षीय शुसान्त विश्वकर्मा, सोही स्थान ८ बस्ने मोहम्बद असलम, सुन्दरहरैचा नगरपालीका ९ बस्ने २७ बर्षीय जगत श्रेष्ठ, २३ बर्षीय दिलिप खवास, उदयपुरको त्रियुगा नगरपालिका १३ असारे बस्ने २४ बर्षीय रमेश देउजा र ३४ बर्षीय बिक्रम भन्ने पूर्

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 247 पटक पढिएको
  • प्रधानमन्त्रीले सचिवहरूलाई निर्देशन दिने

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति हुनेछन् । प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिनुुभएको थियो । सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिनुभएको थियो ।

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 331 पटक पढिएको
  • विपद्‍मा परी १४३ जनाको मृत्यु

    काठमाडौं–देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी १ सय ४३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४३ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३५ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३१ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ४४ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ६१ जना घा

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 246 पटक पढिएको
  • दुई लाखको लोभमा आफ्नै सहयोगीले गरे पूर्वमन्त्रीको हत्या

    काठमाडौं–पूर्व राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न दुई जना समातिएका छन् । ८१ वर्षका रायको यही साउन ७ गते टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । पूर्व मन्त्री यादवसँग जग्गाको विषयमा लामो समयदेखि विवाद चल्दै आइरहेको व्यक्तिले दिएको आर्थिक प्रलोभनमा परेर घरमा काम गर्ने युवकले रायको हत्या गरेका हुन् । पूर्व भूमिसुधार राज्यमन्त्री यादवको हत्या कविलासी नगरपालिका–३, घर भई चन्द्रनगर गाउँपालिका–१, रतनपुर बस्ने २५ वर्षीय राम उजैन रायले गरेको प्रहरीले जानकारी दिएको छ । पूर्वमन्त्रीको हत्या गर्न छिमेकी चन्द्रनगर गाउँपालिका–१, रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायले दुई

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 444 पटक पढिएको
  • सरकारले सरुवा गरेका २१ सचिव, को कहाँ पुगे ?

    काठमाडौं– सरकारले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा पाएको छ । अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरे आएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हाल जल तथा ऊर्जा आयोगबाट केशवकुमार शर्मा सचिवका रुपमा फर्किएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई ऊर्जा सचिव भएका छन्। अहिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्याय अख्ति

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 501 पटक पढिएको
  • यी हुन १८ देशका लागि सिफारिस राजदूत

    काठमाडौं–सरकारले१८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय भएको छ । साथै,सरकारले चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाएको छ । यस्तै पूर्व सचिव चन्द्र घिमिरेलाई बेलायतका लागि सिफारिस गरिएको छ । चीनका लागि कृष्णप्रसाद ओली, दक्षिण कोरियाका लागि पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फे र मलेसियाका लागि डा. नेत्र तिमल्सिनालाई सिफारिस भएका छन् ।  सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 312 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहान देशभर आंशिकदेखि साधारण तया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने देशभर साधारणतया बदली रहनेछ । कर्णाली

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 307 पटक पढिएको
  • गोरखा पहिरो : ४ जनाको शव भेटियो [अपडेट}

    काठमाडौँ- गोरखाको धार्चेमा गएको पहिरोमा वेपत्तामध्ये ४ जनाको शव भेटिएको छ । धार्चे ५ रेशामा पहिरोले घर पुरिँदा उनीहरु वेपत्ता भएका हुन् । हालसम्म घरधनी जीतबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ, बुबा सुलाल कान्छा गुरुङ र धार्चे ५ सिंग्लाका रमेश गुरुङको शव भेटिएको हो । ट्याक्टर चालक आरुपोखरीका रमेश परियार अझै भेटिएका छैनन् । पहिरोले जीतको घर पुरिँदा एकै परिवारका ३ सहित ५ जना बेपत्ता भएका थिए ।

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 239 पटक पढिएको
  • स्कुले बस दुर्घटना हुँदा आमाछोराको मृत्यु, २८ जना घाइते

    काठमाडौं–स्कुल बस दुर्घटना हुँदा २ जनको मृत्यु भएको छ । पोखरास्थित एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस आज विहान दुर्घटना हुदाँ २८ जना घाइते भएका छन् ।ज्यान गुमाउनेमा विद्यालयका कार्यालय सहयोगी पोखरा-२१ बस्ने ३३ वर्षीय आरती विक र ६ वर्षीय छोरा प्रिन्स विक रहेका छन् ।आज बिहान पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो । बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार थिए । घाइते सबैको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 257 पटक पढिएको
  • चर्चित धर्मगुरु पुष्कर खतिवडा पक्राउ

    काठमाण्डौ   ।   प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको तस्बिर राखेर अनुष्ठान गरेको आरोपमा चर्चित धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार उनलाई घरमा यज्ञ गर्दागर्दै पक्राउ गरेको हो। उनले प्रधानमन्त्री ओलीसहितका नेताहरूको नाममा यमराजको पूजा  गर्दै यमराजलाई अव्हान गरेर तिनिहरुको मृत्युको कामनाको लागि  होम हाल्ने तयारीसमेत गरेको आरोप छ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले खतिवडालाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको हो।उनले आफ्नो घरमा यज्ञ गर्दै ग

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 389 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा