बुटवल— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा रविका तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ सकिएको हो ।
रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा निवेदन दायर गरेका थिए । रविको मुद्दामा आजको सुनुवाइ टुंगियो, आदेश केहीबेरमै आउने
यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो ।
त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । केहीबेरमा उच्च अदालतले रविको निवेदनका सम्बन्धमा आवश्यक आदेश दिनेछ ।