काठमाडौं— बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा ‘बक्स अफिस म्युजिक अवार्ड २०८२’ तथा ‘१९औं विश्व कृतिमानी रामबहादुर (आरके) सुवेदी गोल्डकप’ फुटबल प्रतियोगिता काठमाडौंको बौद्धस्थित इलाइट फुटसलमा भव्य रूपमा सम्पन्न भएको छ।

संगीततर्फ विभिन्न विधामा सम्मान प्रदान गरिएको कार्यक्रममा गायक तथा सर्जक मोतिराज खनाल ‘सर्वोत्कृष्ट भजन गायक तथा संगीतकार’को उपाधि जित्न सफल भएका छन्।

खनालले ‘सुपा देवी देउरालीकी माई’ बोलको भजनमार्फत अवार्ड हात पार्न सफल भएका हुन्। भजन अर्घाखाँचीको धार्मिक र सांस्कृतिक प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै व्यापक सराहना पाइरहेको छ।

d7dc2f3c-9c76-4ef0-8d89-82380d18986e

उक्त भजन युट्युब, फेसबुक र टिकटक लगायत सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ।

भजन म्युजिक भिडियो विधामा निर्देशन सुरज खनाल, संगीत संयोजन विश्वास नेपाल, अभिनयमा सुरवीर पण्डित (दारी बा) र सर्मिला शर्मा, सम्पादन तथा कलरमा बिनोद बम र छायांकनमा विशाल परियारले अवार्ड प्राप्त गरेका छन्।

त्यस्तै, फुटबलतर्फ सनराइज अजय एफसीले उपाधि जित्दै प्रतियोगितामा पुनः च्याम्पियन बनेको छ। भैरव फुटसल भक्तपुर एफसीलाई १–० ले हराउँदै उपाधि सहित रु १ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। भैरव फुटसल उपविजेता बन्दै रु ४१ हजार नगद र १३ केजीको आकर्षक ट्रफीमा चित्त बुझायो।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक अनिष खड्का, उत्कृष्ट डिफेन्डर सविन खड्का र फेयर प्ले अवार्ड निकेष एफसी इटहरीलाई प्रदान गरिएको थियो।

कार्यक्रममा ‘बक्स अफिस म्युजिक अवार्ड २०८१’ का विजेताहरूलाई पनि सम्मान गरिएको थियो। उत्कृष्ट पप म्युजिक भिडियोमा ‘मालती’ (निर्देशनः सञ्जय नेउपाने, मोडलः साम्राज्ञी आर. साह), चलचित्रगीततर्फ ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले बुझाइदेउ कसैले’ (संगीतः प्रकाश सपुत, गायिकाः समीक्षा अधिकारी, मोडलः केकी अधिकारी),पर्यटन म्युजिक भिडियोमा ‘ओलाङचुङगोला’ (निर्देशनः हर्कराज गुरुङ, मोडलः पेम्बा शेर्पा), हास्य मोडल विधामा सुनेमान शंकर (इकु) मेरो दाइको साली, कलर करेक्सनमा रेनेश फागु (मन), सम्पादनमा बन्दे प्रसाद (बाँध माया) सम्मानित भएका थिए।

e88c512b-4ec8-4c4d-b0e7-5ce1711491f8

कार्यक्रममा महिला राष्ट्रिय फुटबल खेलाडी रेखा पौडेललाई विशेष सम्मान प्रदान गरिएको थियो।त्यसैगरी समाजसेवी गणेश जिसि, गणेश पाण्डे, उद्यमी सावित्री घिमिरे, कलाकार रिमेश अधिकारी लगायत विशिष्ट अतिथिहरूलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा १३ केजीको ऐतिहासिक टर्फी, नाङ्लोमा दियो बालेर पुरस्कार वितरण तथा राष्ट्रिय झण्डा सहितको पारम्परिक शैलीमा सम्मान कार्यक्रमले विशेष आकर्षण पाएको थियो।