झापा । पुर्वी नेपालमा भुकम्पकाे धक्का महसुस गरिएकाे छ । बिहान ७:१३मिनेटमा धक्का महसुस गरिएकाे हाे । भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो।उक्त भूकम्पको धक्का भारत, बंगलादेश, नेपाल, भुटान तथा चीनका केही भाग पनि महसुस गरिएको बताइएको छ।भूकम्पको केन्द्रबिन्दु रहेको नाम्ची आसपासमा के कति क्षति भयो भन्ने कुराको जानकारी आइसकेको छैन।भूकम्पको केन्द्रबिन्दु नाम्चीबाट ९ किलोमिटर टाढा रहेको बताइएको छ।उता जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४:३४ मिनेटमा भ
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई
काठमाडौं–जबरजस्ती करणीको अभियोगमा तीनजना पक्राउ परेका छन्। प्युठानको मल्लरानी गाउँपालिका-२ नाकेटाकुराबाट ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय केशव घर्तीमगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको टोलीले घटनास्थलमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो।त्यस्तै, पाल्पाको पूर्वखोला गाउँपालिका-१ बाट ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय धन बहादुर कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। धन बहादुरमाथि मंगलबार राति ती महिलामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।त्यसैगरी, पाल्पाको तानसेन नग
काठमाडौं–प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका रामदत्त जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ साउन २२ गतेको बैठकले जोशीलाई पदोन्नति गरेको थियो । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । आईजीपी कुँवरले बधाई दिंदै, संगठनप्रति देखाएको समर्पण र योगदानको उच्च मूल्याङ्कन गरिएको बताए । उनले व्यक्तिगत स्वार्थभन्दा पनि सांगठनिक हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले
काठमाडौं–अविरल वर्षाका कारण देशभर बाढी, पहिरो लगायतका प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पुर्याएको छ। बिहीबार दिउँसोसम्म प्राप्त विवरण अनुसार, विभिन्न घटनामा परी १६८ जनाले ज्यान गुमाएका छन्।बाढी र पहिरोले काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५३ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना, र सुदूरपश्चिम प्रदेशमा १० जना गरी कुल १६८ जनाको मृत्यु भएको छ।यसैगरी, विभिन्न विपद्का घटनामा २०१ जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ। साथै, ११० जनाको उद्धार गरिएको छ। विपद्का घटनामा परी ५० जन
काठमाडौं–नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँच जना यात्रुको शव परीक्षण थालिएको छ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शव परीक्षणको प्रक्रिया सुरु भएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी जानकारी गराए ।उक्त दुर्घटनामा एक नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको थियो। हेलिकप्टरका क्याप्टेन अरुण मल्लको शव परीक्षणपछि परिवारको जिम्मा लगाउने तयारी गरिएको छ भने चिनियाँ नागरिकहरूको शव परीक्षणका लागि यहाँस्थित चिनियाँ राजदूतावाससँग समन्वय भइरहेको छ ।
काठमाडौँ–सर्वोच्च अदालतमा भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्ध दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासले सुनुवाइ गर्न लागेको हो ।पूर्वसचिव सूर्यनाथ उपाध्यायले भारत र नेपालबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता संविधानको प्रतिकूल र देशको हितविपरीत रहेको दाबीसहित रिट दायर गरेका छन् ।सन्धि ऐन, २०४७ को दफा ३ अन्तर्गत पूर्णाधिकार प्राप्त नगरी सम्पन्न गरिएको सन्धिलाई बदर गर्न माग गरिएको छ ।
काठमाडौं–बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान आएको पहिरोले ३ बालबालिकासहित ७ जनाको ज्यान लिएको छ भने अन्यको अवस्था अझै अज्ञात रहेको छ ।पहिरोमा परेका ७ वर्षकी मधु, १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापाको अवस्था बुझ्न नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी अभियान जारी राखेको छ। पहिरोको कारणले ज्यान गुमाउनेमा ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परेको छ। बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाका अनुसार अन्य गम्भीर
काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना भएको घटनालाई दुर्भाग्यपूर्ण बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथमिकता दिने निर्णय गरेको छ । मन्त्रालयले तत्कालीन, मध्यकालीन, र दीर्घकालीन सुधारका पहल थालनी गर्ने जानकारी गराएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार राति एक विज्ञप्ति जारी गर्दै, अतिजरुरी बाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरका छन् । उनले यसका लागि आवश्यक कदम चाल्न मन्त्रालय र मातहतका निकायलाई सक्रिय पार्ने उल्लेख ग
काठमाडौं–गत जेठ २८ गतेदेखि लगातारको वर्षाले देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १६७ जनाको मृत्यु भएको छ। बाढी र पहिरोले काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना, र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको छ।यस विपद्मा परी १९९ जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना, र सुदूरपश्चिम प्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.