काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सचिवालय बैठक बस्दैछ । आइतबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा बैठक बस्ने भएको हो ।
बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुने बताइएको छ ।