काठमाडौं— बागमती प्रदेशको प्रदेश सभाको बैठक आज (आइतबार) बस्ने भएको छ ।

बागमती प्रदेश सभाको छैठौं अधिवेशनको बाइसौं बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आज दिनको २ बजे बस्ने सचिवालय सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । 

बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन रहेको २ विधेयकको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ । यस्तै बैठकमा प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ ।