बुटवल— लुम्बिनी प्रदेशसभाकी सांसद सरिता पुनको निधन भएको छ। ३३ वर्षीया सांसद पुनको शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन सेन्टरमा उपचारका क्रममा निधन भएको हो।

पुथा उत्तरगंगा गाउपालिका–१० तकसेरा निवासी पुनले आफ्नो क्षेत्रमा इमान्दार छवि भएकी थिइन्। पुनको २ वर्ष अघि मात्र –रुकुम पश्चिमका गोपाल योगीसँग विवाह भएको थियो।

पुनले शल्यक्रियामार्फत छोरीलाई जन्म दिएपछि उनको दोस्रो शल्यक्रिया गरिएको थियो। दोस्रो शल्यक्रियामार्फत पुनको मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिएको थियो। तर, उपचार सफल नहुँदा उनको निधन भएको हो।

उनि सानै देखि मुटुको विरामी रहेको पारिवारी स्रोतले जानकारी दियो। एमाले पोलिटब्युरो सदस्य तथा रुकुम पूर्वका इन्चार्ज खेममान खड्काले पुनको निधनले सिंगो जिल्फा शोकमा डुबेको बताए।

एमालेबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्य बनेकी पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समितिको सदस्यसमेत थिइन्।