काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द हुदाँ पनि सरकारको ध्यान नगएको बताएका छन्।बुधबार प्रतिनिधि सभाको बैठकमा उनले चार दिनदेखि बन्द जुम्लादेखि आउने बाटोमा सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले लगेर काम गरेको भन्दै सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लालाई सडक खुलाउने उपकरण राख्न संसदबाट अपिल गरेका छन्।उनले भने, ‘जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द छ । सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले कोदोमा कुटो हाने जसरी त्यो सडक हानेको छ । त्यो सडक खोल्न गाह्रो भएको छ, बल्ल बल्ल खोलीएको थियो फेरि राती पहिरो आयो, त्यसकारण एउटा मात्र ब
दमौली— पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन्।पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्मालेजानकारी दिए ।। गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन्। निजलाई उपचारार्थ पोखरा पठाइएको छ।
काठमाडौं— भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको ।संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ ।सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को
काठमाडौं— नेपाल प्रहरीका ३१औँ आईजीपी दीपक थापासँगै आज दुई एआईजी पनि अवकास हुँदैछन् ।२०८१ चैत ४ गते आईजीपी नियुक्त थापा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्षे अवधी पूरा गरी आज अवकास हुन लागेका हुन् । थापाले आईजीपीका रुपमा ६ महिनाभन्दा केही दिन बढी जिम्मेवारी सम्हालेका छन् ।अवकासप्राप्त आईजीपी थापालाई आज गृह मन्त्रालयले बिदाइ गर्ने कार्यक्रम छ । गृह सचिव गोकर्णमणि दुवाडीले उनलाई बिदाइ गर्ने कार्यक्रम तय भएको हो । गृह सचिव दुवाडीले नै ६ महिनाअघि थापालाई आईजीपीको दज्र्यानी चिह्न लगाइदिएका थिए ।आईजीपी थापासँगै आज एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी पनि ३० वर्षे सेवाअवधी पूरा गरी अवकास हुँदैछन् । उनीहरु
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ ।आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं— काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई प्रहरीले राजस्वमा बुझाउने निर्णय गरेको छ । छापा मारेर श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद र ९ केजी ८३७ ग्राम सुनका गहना प्रहरीले बरामद गरेको थियो । गोरखा नगरपालिका वडा नम्बर–६ घर भइ गोंगबु बस्दै आएका श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । श्रेष्ठको घरमा चामलको बोरामा लुकाएर राखेको नगद र सुनका गहना भेटिएको प्रहरीको भनाइ छ। ७६ वर्षीय श्रेष्ठले छोराहरूको ‘एडिबी’ नामको
काभ्रे— मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मारेको छ। टंगालस्थित अख्तियारको टोलीले कार्यालयमा विशेष अनुगमन गर्दै छापा हानेको हो।छानबिनका क्रममा मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।प्राप्त सूचना र अनुसन्धानको आधारमा छापा मारिएको जनाउँदै आयोगले अनुसन्धानलाई अगाडि बढाइएको जनाएको छ।
काठमाडौं— प्रधान सेनापति अशोक राज सिग्देलले हालै पदोन्नति भएका नेपाली सेनाका दुई वरिष्ठ अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।भदौ ९ गते उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भोला नाथ थापालाई जंगी अड्डामा आयोजित विशेष समारोहमा चिन्ह प्रदान गरिएको हो। पदोन्नतिसँगै थापा निरीक्षणाधिकृत पदमा नियुक्त भएका छन्।त्यसैगरी, प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई पनि सहायक रथीमा पदोन्नति गरिएको छ। उनलाई पनि प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरे।समारोहमा बलाधिकृत, बलाध्यक्ष, विभिन्न रथी तथा अन्य वरिष्ठ अधिकृतहरूका साथै पदोन्नति भएका अधिकृतका परिवारजनहरूको समेत उपस्थिति रहेको थियो।
एजेन्सी— सेप्टेम्बर महिना विश्वभरका धेरै भागका बालबालिकाका लागि विद्यालय वर्षको शुरुवात हो। तर युद्धग्रस्त गाजामा बसोवास गर्ने प्यालेस्टिनी विद्यार्थीका लागि यस सेप्टेम्बरमा विद्यालय फर्कने सम्भावना गत वर्ष जस्तै टाढाको आशा बनेको छ।मध्य गाजापट्टी शहर देइर अल–बलाहमा रहेको विस्थापन शिविरको प्रवेशद्वारमा १२ वर्षीया मारमा चुपचाप बसिरहेकी थिइन्। उनको छेउमा पुरानो धुलोले ढाकिएको झोला राखिएको थियो। आफूहरूको जीवन पहिलाको जस्तै होस् भन्ने चाहेको उनी बताउँछिन्। संयुक्त राष्ट्र संघद्वारा जारी तथ्याङ्कअनुसार युद्धले पूर्वाधारलाई ध्वस्त पारेको छ। विद्यालयहरू विस्थापित परिवारहरूको लागि आश्रयमा परिणत गर
काठमाडौं— नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते बिहीबार अपराह्न ३ः०० बजे सचिवालय बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ। उनले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिने बताए। महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.