काभ्रे— मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मारेको छ। टंगालस्थित अख्तियारको टोलीले कार्यालयमा विशेष अनुगमन गर्दै छापा हानेको हो।
छानबिनका क्रममा मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
प्राप्त सूचना र अनुसन्धानको आधारमा छापा मारिएको जनाउँदै आयोगले अनुसन्धानलाई अगाडि बढाइएको जनाएको छ।