काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाइन् । उनले भनिन्, ‘सीमा विवादबारे परराष्ट्रमन्त्रीज्यूले राख्नुभएको कुरामा म असहमति जनाउन चाहन्छु। काठमाडौंदेखि दिल्ली जाँदा यो विषयको बारेमा पछि बोल्छु भनेर भन्नुभयो पत्रकारज्यूहरूलाई । दिल्लीको औपचारिक वार्तामा कहीँ कतै सीमाका विषय उठाउनु भएन ।’ उनका अनुसार भ्रमणअघि परराष्ट
काठमाडौं । करका दर हेरफेरको विषयलाई लिएर संसद्मा चर्किएको बहस अब राजनीतिक चुनौती र प्रतिचुनौतीको तहमा पुगेको छ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गुरु बरालले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति जवाफ फर्काएका छन्। उनले विगतका सबै घटनाको निष्पक्ष छानबिन गर्न प्रतिपक्ष तयार रहेको घोषणा गर्दै सत्य तथ्य बाहिर ल्याउन सरकारलाई आग्रह गरेका हुन्।बरालले कुनै पनि विषयलाई दबाएर नभई अनुसन्धानमार्फत टुंगो लगाउनुपर्ने बताए। यदि अघिल्ला सरकार वा दलका कमजोरी छन् भने त्यसलाई पनि सार्वजनिक गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो।एमाले सांसद बरालले करका दर हेरफेर प्रकरणमा संसद
काठमाडौं। नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले सुशासनको नारासँग मेल नखाने काम गरेको आरोप लगाएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले गृहमन्त्रीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको स्मरण गराउँदै उक्त समितिको प्रतिवेदन सार्वजनिक नगरी सम्बन्धित व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको भन्दै आपत्ति जनाए । उनले भने, ‘माननीय गृहमन्त्रीज्यूमा प्रश्न उठेपछि छलछाम समिति बनाइयो । सुनिन्छ, समितिले चोख्याएर प्रतिबेदेन बुझायो रे, उक्त प्रतिवेदन सार्वजनिक नगरी उहाँलाई पुनः गृहमन्त्री बनाइयो ।’ उनले छानबिन समितिले प्रतिवेदन बुझाइसकेको चर्चा भए पनि त्यसलाई सार्वजनिक नगरिएको उल
काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे गम्भीर आपत्ति जनाएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीले नेपाल–भारत सीमाको विषयमा स्पष्ट धारणा दिन आवश्यक रहेको बताए । उनले नेपाल र भारतबीच १ हजार ८८० किलोमिटर सीमा रहेको तथा दुई देशबीच ८ हजार ५५३ वटा सीमा स्तम्भ निर्धारण गरिएको उल्लेख गरे । बरालले प्रधानमन्त्रीले संसदमा ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई संसदको अभिलेखबाट सच्याउनुपर्ने माग गरे । उनले उक्त अभिव्यक्ति संसदको रेकर्डमा ऐतिहासिक दस्तावेजका रूपमा रहन
काठमाडौं । गृहमन्त्रीमा पुनः नियुक्ति भइसके पनि उनीमाथि भएको छानबिनको निष्कर्ष अझै गोप्य छ। यही विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मै सरकारसँग जवाफ मागेको छ। कांग्रेसले प्रश्न गरेको छ– यदि प्रतिवेदन तयार भइसकेको हो भने किन सार्वजनिक गरिँदैन ? गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित छानबिन प्रतिवेदन सार्वजनिक गर्न नेपाली कांग्रेसले सरकारमाथि दबाब बढाएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद भरत खड्काले सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन किन लुकाइएको भन्दै प्रश्न उठाएका हुन्। उनका अनुसार प्रतिवेदन बुझाइएको एक साता बितिसक्दा पनि सरकारले त्यसबारे कुनै जान
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री बिराज भक्त श्रेष्ठले सुशासन र परिवर्तनप्रति जनअपेक्षा उच्च रहेको हुनाले त्यसलाई सम्बोधन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्दै उनले अब आउने नयाँ नेतृत्वले विद्युत् उत्पादनसँगै विद्युत् व्यापार र प्रसारण क्षेत्रमा पनि निजी क्षेत्रलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका हुन् । उनले भने, ‘अब आउने ईप्पानको नयाँ नेतृत्व विद्युत् उत्पादनसँगै व्यापार र प्रसारण क्षेत्रमा पनि निजी क्षेत्रलाई अब्बल बनाउँछ भनेर विश्वास लिएको छु । सुशासन र परिवर्तनप्रति जनअपेक्षा उच्च छ । यसलाई सम्बोधन गर्न वर्तम
काठमाडौं । मध्यपूर्वमा युद्धको जोखिम बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो दाबीले नयाँ राजनीतिक मोड ल्याएको छ। ट्रम्पले इरानको नेतृत्व आणविक कार्यक्रमबारे नयाँ समझदारीतर्फ सकारात्मक बनेको दाबी गर्दै प्रस्तावित सैन्य कारबाही रोकिएको बताएका छन्।ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानले भविष्यमा आणविक हतियार नबनाउने मात्र होइन, त्यस्ता हतियार प्राप्त नगर्ने प्रतिबद्धतासमेत जनाएको दाबी गरे। यद्यपि, इरान सरकारले भने यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।केही दिनअघि मात्रै इरानमाथि हवाई आक्रमण र रणनीतिक तेल केन्द्रमाथि कारबाहीको चेतावनी दिएका ट्रम्पले अहिले वार्
काठमाडौं । नेपाली कांग्रेसले देशभर सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा उल्लेखनीय सहभागिता देखिएको छ। पार्टीका अनुसार हालसम्म पाँच लाख ३८ हजारभन्दा बढी सदस्यको क्रियाशील सदस्यता अद्यावधिक भइसकेको छ।कुल सात लाख ८२ हजार २०९ जना सदस्य अद्यावधिकका लागि योग्य रहेकामा पाँच लाख ३८ हजार ६२२ जनाले प्रक्रिया पूरा गरेका छन्। यस्तै, एक लाख ४९ हजारभन्दा बढी सदस्यले फारम बुझाएर अद्यावधिक प्रक्रियामा सहभागिता जनाएका छन्।कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दुर्गम हिमाली तथा पहाडी क्षेत्र, इन्टरनेट पहुँच कम भएका जिल्लाहरू र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा सदस्यता अद्यावधिक कार्य
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले अर्थमन्त्रीले सांसदहरूलाई सम्मानजनक व्यवहार गर्नुको सट्टा दबाब र धम्कीको संकेत दिने शैलीमा प्रस्तुत भएको आरोप लगाए।प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा बोल्दै पुनले करका दर हेरफेर र सूचना चुहावटसम्बन्धी विवादमा अर्थमन्त्रीको जवाफ अस्वाभाविक रहेको बताए। उनका अनुसार विगतका सरकारका निर्णयहरूलाई जोडेर वर्तमान विषयलाई बचाउ गर्न खोजिएको देखिएको छ। “पहिलाका फाइल खोजेर छानबिन गर्छौं, उनीहरूले धेरै गल्ती गरे, हामीले कम मात्रै गर
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्ने तय भएको छ।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ। नियमित कार्यसूचीसँगै समसामयिक विषयमा छलफल हुने र विभिन्न प्रशासनिक तथा नीतिगत निर्णयहरू गरिने अपेक्षा गरिएको छ।सरकारले बैठकका एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक नगरे पनि मन्त्रालयगत प्रस्तावहरू, नियुक्ति तथा अन्य आवश्यक निर्णयहरू बैठकबाट टुंगो लगाइने सम्भावना रहेको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.