राजनीति

    Showing 981-990 of 7,501 items.
  • ओली, देउवा, प्रचण्डसहित शीर्ष नेताहरूमाथि सम्पत्ति छानबिन - आरजु र दीपक समेत संलग्न

    काठमाडौं— सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड' सहित दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्काविरुद्ध गैरकानुनी सम्पत्तिको आशंकामा अनुसन्धान सुरु गरेको छ।विभागले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रार तथा मालपोत कार्यालयमार्फत उनीहरू र उनीहरूका नातागोताको नाममा रहेको सम्पत्ति, लगानी, कम्पनी र बैंक खाता विवरण संकलन गरिरहेको स्रोतले जानकारी दिएको छ।भदौ २४ मा भएको जेनजी आन्दोलनको क्रममा नेताहरूको निवासमा भेटिएका जलेका नोटका अवशेषको फरेन्सिक रिपोर्टसमेत विभागले माग गरेको छ।पूर्वप्रधानमन्त्रीहरूमाथि जलविद्युत्, क्यान्टोनमे

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 566 पटक पढिएको
  • ओलीले बैठकमा उठेका जिज्ञासाको जवाफ दिएर आज एमाले बैठक समापन गर्दै

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्दैछ । बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिने बताइएको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बोल्न बाँकी रहेका केन्द्रीय सदस्यसँगै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् भने अन्त्यमा, अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् ।  बैठकमा अध्यक्ष ओलीको प्रस्तुत गरेका विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 431 पटक पढिएको
  • एमाले केन्द्रीय कमिटी बैठक सुरु

    काठमाडौँ, ३१ असोजः नेकपा (एमाले)को १०आँै केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । उक्त बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो । यही असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आज आ–आफ्नो धारणा राख्नु हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । यस अघि करिब २०० केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभएको छ । आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने छन् । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ नेताहरु रहेका छन् । स्थायी र पदाधि

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 115 पटक पढिएको
  • निर्वाचनको सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा विहिबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्ताहरूसँगको छलफलमा निर्वाचनलाई सफल बनाउन आग्रह गरेका हुन् । उनले युवा पुस्ताले चलाएको आन्दोलनले देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको बताए । साथै, उनले चुनावलाई सामान्य रुपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रुपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई आग्

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 395 पटक पढिएको
  • गृह मन्त्रालयको एक महिनाको प्रगति: शान्ति सुरक्षाकायम गर्दै निर्वाचनतर्फ अग्रसर (पूर्णपाठ)

    काठमाडौ। गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्तिसुरक्षा एवं स्थिति सामान्यीकरण भएको तथा निर्वाचन वातावरण निर्माण र तयारीका कार्य अघि बढेको बताएका छन् । गृह मन्त्रालयको कार्यभार सम्हालेको एक महिनामा भएका प्रमुख उपलब्धि आज सार्वजनिक गर्दै उहाँले जेनजी आन्दोलनका मृतक, घाइतेको व्यवस्थापन एवं पुनःस्थापना र आन्दोलनमा क्षतिग्रस्त भएका संरचनाको पुनःस्थापना/पुनःनिर्माणका कार्य अघि बढाइएको जानकारी दिए । गृहमन्त्री अर्यालले यस अवधिमा सेवा प्रवाहमा सुधार एवं सुशासन र विपद् पूर्वतयारी, प्रतिकार्य, राहत र पुनःस्थापनाका कार्य प्रभावकारी रुपमा अघि बढेको उल्लेख गरे ।  उनले भने, “मुलुकको शान्तिसुर

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 318 पटक पढिएको
  • भीम रावल लगायत सबैको कारबाही फिर्ता गर्न एमाले बैठकमा माग

    काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टीका पूर्वाध्यक्ष भीम रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका हुन् ।त्यस्तै, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पनि रोक्न नहुने उनले बताए । ‘विद्या भण्डारीको सदस्यता नवीकरण रोक्न हुँदैन । भीम रावल लगायत सबैको कारबाही फिर्ता हुनुपर्छ,’ बैठकमा रावलले भनेका छन् ।उनले एमालेका सबै सदस्यहरू भागेर लुकेकाहरू भएको भन्दै यथार्थपरक बन्न पनि आग्रह गरे ।‘हामी सबै भागेर लुकेकाहरूको भेला हो यथार्थपरक बनौँ,’ रावलको आग्

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 221 पटक पढिएको
  • सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा कोइराला

    काठमाडौँ, ३० असोजः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।  कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उहाँले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । नेता डा कोइरालाले भन्नुभयो, “सात दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ । यो संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौँ, भावी राजनीतिक दिशा त्यसैले तय गर्नेछ ।” राजनीतिक दल, जेनजी पुस्तालगायत सबैैले वर्तमान सरकारलाई निर्वाचनको म्यान्डेट दिएको उहाँको भनाइ

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 273 पटक पढिएको
  • राष्ट्रपतिको समुपस्थितिमा सरकार र जेनजी प्रतिनिधिबीच छलफल

    काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सरकार र जेनजी प्रतिनिधिबीच छलफल सुरु भएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की र जेनजीको प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तिहरुको सहभागिता छ । छलफलमा विभिन्न मन्त्री, सरकारीलगायतको सहभागिता छ । बैठकमा जेनजीका प्रतिनिधिहरु मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी छन् ।

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 256 पटक पढिएको
  • कानूनी तथा संवैधानिक जनचेतनाका लागि पोखरामा प्रदर्शनी

    पोखरा । कानूनी तथा संवैधानिक जनचेतनाका लागि पोखरा रिसर्च सेन्टरले  संविधानमा भएका व्यवस्थाहरु प्रदर्शनीमा राखेको छ ।असोज २६ देखि ३१ गतेसम्म चल्ने यो प्रदर्शनीले संघीयता र यसको संरचनात्मक विषयलाई बलियो बनाउने पोखरा रिसर्च सेन्टरका अनुसन्धान सहायक श्रीकृष्णध्वज बस्नेतले बताए । ‘अहिले हामीले संविधानमा भएका व्यवस्थाहरु प्रदर्शनीमा राखेका छौँ । जसको कारणले एउटा नागरिक स्तरमा एउटा कानुनी जनचेतना तथा संवैधानिक चेतना   वृद्धि गर्ने हिसाबले हामीले यो कार्यक्रम गर्दै आइरहेका छौँ,’ उनले भने । उनका अनुसार प्रदर्शनीमा संविधानमा भएका व्यवस्थाको विषयमा अन्तक्र्रिया गर्नुका साथै विभिन

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 250 पटक पढिएको
  • सरकाले निर्वाचनको वातावरण नबनाएकोमा दलहरु चिन्तित

    काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ ।आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।छलफलका क्रममा नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले शान्ति सुरक्षालाई ध्यानमा राखेर भयमुक्त वातावरणमा निष्पक्ष र स्वतन्त्र तरिकाले निर्वाचन सम्पन्न गराउनको लागि सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘निर्वाचन हुनुपर्छ भन्ने हो र त्यसमा हामी सहभागि हुन्छौ । निर्वाचन आयोगले नि

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 265 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा