काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्ने तय भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ। नियमित कार्यसूचीसँगै समसामयिक विषयमा छलफल हुने र विभिन्न प्रशासनिक तथा नीतिगत निर्णयहरू गरिने अपेक्षा गरिएको छ।
सरकारले बैठकका एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक नगरे पनि मन्त्रालयगत प्रस्तावहरू, नियुक्ति तथा अन्य आवश्यक निर्णयहरू बैठकबाट टुंगो लगाइने सम्भावना रहेको छ।




































