काठमाडौं— ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनस्र्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल संकटमा रहेको भन्दै देश जोगाउनु पर्छ भनेर लागेकाले यदि देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफु देश छोड्न तयार रहेको बताएका हुन् ।‘म कसैबाट चलेको मान्छे होइन । म नेपालबाट नेपाली जोगाउन मैले आफुनो क्षमताले भ्याए सम्म मैले् पहिले पनि गरिरहेको थिए । मैले आज नेपाल संकटमा छ मैले जोगाउनु पर्छ भनेर म लागेको छु । तपाईहरुले यो देश छोडेर जा भन्नु हुन्छ
काठमाडौं— अन्तरिम सरकारमा मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनार दुई फरक मुद्दामा फरार अभियुक्त रहेको तथ्य प्रहरीको आधिकारिक रेकर्डबाट खुलेको छ। नेपाल प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखाले पुष्टि गरेअनुसार सुनारविरुद्ध दुईवटा अभियोगमा कैद सजाय भुक्तान गर्न बाँकी छ।प्रहरी स्रोतका अनुसार काभ्रेपलाञ्चोक जिल्ला अदालतले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरे पनि सुनार पक्राउ नपरेका र मुद्दा हालसम्म फर्स्यौट नभएको उल्लेख छ। त्यस्तै, सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ गते जारी गरेको अर्को पक्राउ पुर्जीका आधारमा समेत उनी पक्राउ परेका छैनन्। दुवै
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । आइतबार ४ जना मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भएको हो ।डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाउने तयारी भएको छ।उनीहरूको शपथका लागि दिउँसो साढे २ बजेको समय तोकिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।
काठमाडौँ, ९ कात्तिकः सरकारले सबैको जायज माग, चासो एवं सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको स्पष्ट पारेको छ ।गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायतका कार्यक्रम नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा अनुरोध गरेको छ । जेनजीको अगुवाइमा भएको प्रदर्शनपश्चात् गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ क्रियाशील रहेको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, स्रोत र साधनको व्यवस्थापन, राजनीतिक दलहरू एवं सरोकारवालासँग वार्ता र संवाद गरि
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण गरेका छन् ।निरीक्षणका क्रममा मन्त्री घिसिङले संसद भवन निर्माण कार्यमा देखिएका ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।उनले भने, ‘पहिलो पटक सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन अवलोकन गर्दा पुरानो संसद भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर पूर्ण रूपमा ध्वस्त भएको अवस्था छ । अब निकट भविष्यमा राष्ट्रियसभा बैठक र फागुन २१ गतेपछि निर्वाचित प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नुपर्ने भ
काठमाडौं । भदौ २३ र २४ को जेनजी प्रदर्शनको बलमा सुशीला कार्की नेतृत्वको सरकार बनेको ४० दिन बितेको छ । भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति पौडेलले फागुन २१ गते निर्वाचन गर्ने अभिभारा पनि सुम्पेका थिए ।लगत्तै कार्कीले दुई चरणमा गरेर मन्त्रिपरिषद् विस्तार गरेकी छन् । अहिलेसम्म सात मन्त्री र एक प्रधानमन्त्री गरी आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नसक्ने व्यवस्था छ । सोअनुसार २१ मन्त्री र तीन राज्यमन्त्री र प्रधानमन्त्री स
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका – १ मा वडा अध्यक्षकै नेतृत्वमा जेन–जी युवामाथि सामूहिक कुटपिट भएको छ ।वडा नं. १ का अध्यक्ष रामेश्वर प्रसाद महतो, उनका आफन्त मुकेश, अजय, अनिल महतो र सहयोगी राम साह, विजय महतो तथा शंकर महतोलगायतको समूहले किसनपुरका जेन–जी युवा विवेकानन्द गुप्तामाथि कुटपिट गरेको स्थानीयहरूले बताएका छन् ।स्थानीयका अनुसार महतो पक्षले गुप्ताको घरमै पुगेर घेराउ गर्दै आक्रमण गरेको हो । घटनापछि गाउँमा तनावपूर्ण वातावरण सिर्जना भएको थियो । त्यसपछि प्रहरीको टोलि घटनास्थलमा पुगेको थियो । प्रहरी पुगेपछि तनाव नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।जिल्ला प्रहरी का
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधबार अवलोकन गरेका छन् । उनले आन्दोलनको नाममा योजनाबद्ध ढंगले आफ्ना सम्पत्तिहरूमा क्षति पुर्याइएको आरोप लगाएका छन् ।बालकोट निवासमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको दाबी गरे । ‘देशभरि नै एमाले पार्टी कार्यालयहरू जलाइएका छन् । यसको तयारी पहिले देखिनै गरिएको थियो र खासगरी एमालेलाई टार्गेट गरिएको थियो,’ उनले भने ।ओलीले सरकारलाई घटनाका दोषीहरूलाई कारबाही गर्न नचाहेको आरोप लगाउँदै भने, ‘सबै प्रमाण हुँदा
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हुनुपर्ने धारणा राखेका छन् । उनले निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्ने बताएका छन् ।बुधबार विहान जनकपुर विमानस्थलमा सञ्चारकमीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले सरकारले हिजो संसदीय दलहरुसंग वार्ता गरेकोले सरकार विस्तारै निर्वाचनतीर गम्भिर हुँदै गएको आभास भएको बताए । तर अझैपनि निर्वाचनको वातावरण भने नबनेको महशुस भएको उनले बताए ।असाधारण परिस्थितीमा अन्तरिम सरकारले निर्वाचन हुनुपर्छ भनेदेखि नेकपा माओवादी पार्टीले सबैभन्दा पहिला केन्द्रिय समितिको बैठक बसेर निर्वाचनमा जाने निर्णय गरेको संयोजक प्रचण्डले जनाए ।
काठमाडौं । अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीको सन् २०२३ अक्टुबरमा हमासले गरेको आक्रमणका क्रममा मृत्यु भएकोमा नेपाली कांग्रेसले समावेदनासहित श्रद्धाञ्जली व्यक्त गरेको छ । मंगलबार विपिनको महाकाली नदीको भुजेलाघाटमा पार्थिव शरीरलाई राष्ट्रिय सम्मानसहित आज अत्येष्ठी गरिएको छ । यससँगै नोपली कांग्रेसले विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको हो । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विपिन जोशीको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै भने, ‘सन् २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाई हुने
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.