राजनीति

    Showing 9,481-9,490 of 10,379 items.
  • झलनाथ खनाललाई उपचार वापत दिएको खर्चको सर्वोच्च अदालतले माग्यो सरकारसँग जवाफ

     काठमाडौं//पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई  उपचार वापत दिएको खर्चको सर्वोच्च अदालतले सरकारसँग आधार र कारणसहित लिखित जवाफ मागेको छ।  विदेशमा उपचार गराएका खनाललाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले  बुधबार सरकारसँग  खर्चबारे जवाफ मागेको हो ।मिर्गौला रोगबाट पीडित पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि तत्कालिन केपी शर्मा ओली सरकारले ३१ लाख रुपैयाँ सहयोग दिएको थियो ।भदौ १३ गते विद्यार्थी संगठन अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले विदेशमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोर्नु जनस्वास्थ्य ऐन २०७५ विपरीत हुने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 113 पटक पढिएको
  • एमालेद्वारा निर्वाचन आयोग र सभामुखविरुद्ध तीन रिट दायर

    बिर्तामोड / नेकपा एमालेले सर्वोच्च अदालतमा निर्वाचन आयोग र सभामुखविरुद्ध तीन ओटा रिट दायर गरेको छ । एमालेले बुधबार निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरको हो ।  आयोगले बदनियतपूर्ण र अनधिकृत व्यक्तिहरूलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै एमालेले  रिट गरेकाे छ । त्यस्तै रिट निवेदनमा सभामुख अग्नि सापकोटाले कारवाही गरेका एमाले सांसदहरूको सूचना टाँस नगरेको तथा लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरूलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै सभामुख

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 112 पटक पढिएको
  • कांग्रेसका युवा नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिँदै

    काठमाडौं / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता कल्याण गुरुङले आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै नेता गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले कांग्रेसको दोस्रो पुस्ताको नेतृत्व गर्दै उम्मेदवार दिने बताएका छन् । कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले पार्टीलाई विधान अनुसार चलाउने र गुटबन्दी अन्त्य गर्ने समेत प्रतिवद्धता गरेका छन् । उनले एक व्यक्ति एउटा पदमा दुई पटक मात्र हुन पाउने व्यवस्था गर्ने समेत बताएका छन् । हालसम्म सभापतिमा उपसभापति विमलेन्द्र

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 113 पटक पढिएको
  • मुख्यमन्त्री आचार्य सङ्कटमा : एमालेका १० सांसद नयाँ दलमा

    बिर्तामोड / प्रदेश १ का नेकपा एमालेका दश जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । एमालेका सांसदले नयाँ दल रोज्दै निर्वाचन आयोग पुगेर सनाखत गरेपछि आचार्य अल्पमतमा परेका हुन् । यो समाचार तयार पार्दा सम्म एमालेका सात सांसदले निर्वाचन आयोग पुगेर सनाखत गरिसकेका छन् भने थप तीन सांसद सनाखदको प्रकृयामा छन् ।  सनाखत गर्ने सांसदहरूमा खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पद

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 111 पटक पढिएको
  • सभामुखविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

    काठमाडौँ / सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई बुधबार पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भनेर पन्छाइएको छ ।प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सो मुद्धा पेशीमा चढेको थियो ।निर्वाचनको समयमा भएको काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध सर्वोच्चमा मुद्धा दायर भएको थियो ।लामाकी पत्नी पूर्णिमाया लामा , अधिवक्ता सुशील प्याकुरेल र पत्रकार कनकमणि दिक्षीतले २०६८ असार ६ गते मुद्दा दायर गरेका थिए । लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 118 पटक पढिएको
  • यौन हिंसामा प्रदेश मन्त्री नै संलग्न !

    काठमाडौँ / राजनीतिक दलका उच्च तहका नेता नै पालैपालो यौनहिंसाका घटनामा मुछिन थालेका छन् । नेकपा एकीकृतका नेता एवं प्रदेश मन्त्री कुर्मराज शाही यौनहिंसाको घटनामा संलग्न रहेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।यसअघि माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा र एमालेका प्रभावशाली नेता एवं पुर्व मुख्यमन्त्री शेरधन राईमाथि यौन हिंसाको आरोप लागेको थियो । महराले अदालतबाट सफाइ पाइसकेका छन् भने राईका विषयमा आरोप लगाउने एमाले नेतृ वालिका खड्काले भने कानुनी कारवाहीका लागि अझैसम्म सरकारी निकाय गुहारेकी छैनन् ।सार्वजनिक भएको भिडियोमा मन्त्री श

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 68 पटक पढिएको
  • आज मन्त्रिपरिषद्को बैठक बस्दै

    बिर्तामोड / प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । नियमित एजेण्डामाथि छलफल गर्न भन्दै देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको उनको निजी सचिवालयले जनाएको छ ।देउवा नेतृत्वको सरकारमा ४ मन्त्री रहेका छन् । नयाँ सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि देउवाले मन्त्रिमण्डल बिस्तार गर्न सकेका छैनन् । 

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 107 पटक पढिएको
  • सभामुख सापकोटा मुद्दामा आज सुनवाई हुँदै

    काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । निर्वाचनको समयमा भएको काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध सर्वोच्चमा मुद्धा दायर भएको थियो ।लामाकी पत्नी पूर्णिमाया लामा , अधिवक्ता सुशील प्याकुरेल र पत्रकार कनकमणि दिक्षीतले २०६८ असार ६ गते मुद्दा दायर गरेका थिए । लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पुर्णिमायाले २०६९ मंसिर ७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 127 पटक पढिएको
  • प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन् । उनले आज काठमाडौँ महानगरपालिका –१३ विष्णुमती करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गरेका हुन् । सो क्षेत्रमा कपुर २५, समी २५, क्यालेण्ड्रा २०, टिकोमा १५, करविर १५ र वगमवेलीका ३० बिरुवा रोपण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले जानकारी दिए ।कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिव लगायतको उपस्थिति थियो ।

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 121 पटक पढिएको
  • बागमती प्रदेशका मन्त्री कृष्ण खनालद्वारा राजीनामा

    बागमती / बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेपछि सोही दिन मन्त्री नियुक्त भएका खनालले १५ दिन नपुग्दै राजीनामा दिएका हुन् । नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताइएको छ ।  उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका खनालले बुधवारमात्रै प्रदेश निर्वाचन कार्यालय हेटौंडा पुगेर नेकपा एसको पक्षम

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 122 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.