बिर्तामोड / नेकपा एमालेले सर्वोच्च अदालतमा निर्वाचन आयोग र सभामुखविरुद्ध तीन ओटा रिट दायर गरेको छ ।

एमालेले बुधबार निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरको हो ।  

OM Sai Pathibhara Hospital

आयोगले बदनियतपूर्ण र अनधिकृत व्यक्तिहरूलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै एमालेले  रिट गरेकाे छ । 

त्यस्तै रिट निवेदनमा सभामुख अग्नि सापकोटाले कारवाही गरेका एमाले सांसदहरूको सूचना टाँस नगरेको तथा लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरूलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै सभामुखको निर्णय बदर गर्न माग गरेको छ ।

सर्वोच्चले रिट दर्ता गरेपनि रिट नम्बर दिन बाँकी नै रहेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । भट्टराईले रिट नम्बर भोलि दिने र पर्सीलाई पेशी तोक्ने सम्भावना रहेको जानकारी दिए