बिर्तामोड / प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । नियमित एजेण्डामाथि छलफल गर्न भन्दै देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको उनको निजी सचिवालयले जनाएको छ ।
देउवा नेतृत्वको सरकारमा ४ मन्त्री रहेका छन् । नयाँ सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि देउवाले मन्त्रिमण्डल बिस्तार गर्न सकेका छैनन् ।