काठमाडौं / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता कल्याण गुरुङले आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै नेता गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले कांग्रेसको दोस्रो पुस्ताको नेतृत्व गर्दै उम्मेदवार दिने बताएका छन् ।
हालसम्म सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने घोषणा गरेका छन् भने गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।





































