बागमती / बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् ।
अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेपछि सोही दिन मन्त्री नियुक्त भएका खनालले १५ दिन नपुग्दै राजीनामा दिएका हुन् ।
नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताइएको छ ।
उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।
नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका खनालले बुधवारमात्रै प्रदेश निर्वाचन कार्यालय हेटौंडा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका थिए । उनीसहित १२ सांसदले एमाले छाडेपछि सरकार अल्पमतमा परेको छ ।