राजनीति

    Showing 8,741-8,750 of 9,657 items.
  • महाधिवेशन : कांग्रेसमा नेतृत्वका लागि गुट भित्रै उपगुट बन्दै

    बिर्तामोड / आगामी मंसिर ९ देखि १३ सम्म हुने नेपाली कांग्रेसको महाधिवेशनको सरमगर्मी बढेको छ । १४ औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्र यसअघि देखिएका गुटसँगै थप नयाँ गुटहरू बन्ने क्रम सुरु भएको छ ।केन्द्रिय नेतृत्वका लागि बनेका गुटको असर वडा तहसम्म नै देखिएको छ  । यसअघि तीनवटा गुट रहेको मानिएको कांग्रेसमा महाधिवेशनको तयारीसँगै थप गुट देखिएको हो । १२औं महाधिवेशनसम्म कांग्रेसमा दुईवटा गुट रहेका थिए ।१३ औं महाधिवेशनबाट भने थप एउटा गुट स्थापित भएको थियो ।  तेह्रौँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा  , वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको तिनवटा गुट देखिए

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 67 पटक पढिएको
  • खर्चिलो र भड्किलो बन्दै चुनाव

    काठमाडौं / ‘खर्चका कारण निर्वाचन लड्न नसक्ने भइयो, भड्किलो चुनावले लोकतन्त्रलाई बोक्न सक्दैन, निष्ठाको राजनीतिक गर्ने चुनावमा प्रतिस्पर्धा गर्न सक्ने भएनन्, अब हामी निर्वाचन व्यवस्थापनमा व्यापक सुधार गर्न तयार हुनैपर्छ’ भनेर संविधानसभा सदस्य खिमलाल देवकोटाले उठाएको आवाजमा अन्य नेता पनि सहमत हुन थालेका छन् ।संविधानसभा सदस्य देवकोटा भन्छन्, ‘नेताका आफन्त र मन परेकालाई समानुपातिकमा अनि प्रत्यक्षमा पैसाका आधारमा टिकट दिने प्रवृत्तिले राजनीतिको अवमूल्यन गर्छ र पाखा लगाउछ, यसलाई रोक्नुपर्छ ।’संविधानसभाबाट संविधान जारी भएपछि वडातहदेखि राष्ट्रपतिसम्म एक चरणको निर्वाचन प्रक्रिया पूरा हुँदा नहुँदै निर्व

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 109 पटक पढिएको
  • झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व

    झापा / नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् ।जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गरेका राम कट्टेल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । मेचीनगर–१० बाट उनीसहित सबै ८० क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको प्रचार प्रमुख हुमागाईँले बताएका छन्। नेता कट्टेल हाल पार्टीको जिल्ला उपसभापति छन् ।मेचीनगर

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 101 पटक पढिएको
  • विश्वासको मत प्राप्त हुन्छ – मुख्यमन्त्री आचार्य

    धरान / अल्पमतमा परेका एमाले नेता एवं प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफूले प्रदेशसभाबाट विश्वासको मत पाउने दावी गरेका छन् । एमालेका १० सांसद नयाँ दलमा गएपछि सत्ता जोगाउन सङ्कटको सामना गरिरहेका नेता आचार्यले आफूले विश्वासको मत पाउने दावी गरेका हुन् ।धरान–८ स्थित औद्योगिक क्षेत्रमा ३७ करोडको लगानीमा शुरु भएको ‘ब्राइट फिड प्रालि’ नामक उद्योगको उद्घाटन गर्दै उनले शनिवार त्यस्तो दावी गरेका हुन् । विपक्षी गठबन्धन सरकार गठनका दिशामा लागेका वेला आएको आचार्यको यो भनाइलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।निर्वाचनको समयमा कांग्रेस नेता एवं मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई विजयी बनाउन सहयोगिको भूमिका

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 103 पटक पढिएको
  • गृहमन्त्री खाँणद्वारा कोशी कटान क्षेत्रको निरीक्षण

    उदयपुर / गृहमन्त्री बालकृष्ण खाँणले आज उदयपुरको बेलका नगरपालिका–८ स्थित कोशी कटान क्षेत्रको निरीक्षण गरेका छन्। गृहमन्त्री खाँणसहितको टोलीले बेलका नगरपालिका–८ स्थित कोशी कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । सो अवसरमा उनले कोशी कटान नियन्त्रणबारे सरकारले अब चाँडै नै नयाँ योजना र कार्यक्रम ल्याउने बताएका छन् ।बेलका नगरपालिकका प्रमुख दुर्गाकुमार थापा र उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले कोशी कटानले बर्सेनि उदयपुरको बेलकावासी पीडित बन्नु परेको उल्लेख गर्दै यहाँका झन्डै पाँच किलोमिटर लम्बाइ क्षेत्रमा दुई हजारभन्दा बढी घरपरिवार कोशी कटानका कारण विस्थापित हुने अवस्थामा आइपुग

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 109 पटक पढिएको
  • गिरीबन्धु जग्गा प्रकरण : झापामा एमालेका जनप्रतिनिधि एकै ठाउँमा उभिए

    बिर्तामोड  / गत निर्वाचनमा करिव दुई तिहाइ जनमत पाएको नेकपा फुटसँगै सुरु भएको दल विभाजनको शृंखलामै क्रममा फेरि फुटेको नेकपा एमाले विभाजनको असर गाउँसम्म नै देखिन थालेको छ । यति वेला एमाले फुटेर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी रोज्न जनप्रतिनिधिले कानुनी रुपमा नै छुट पाएका छन् । एमालेबाट निर्वाचनमा विजयी वनेका जनप्रतिनिधी पनि नयाँ दलमा जानेक्रम चलिरहेको छ ।प्रतिनिधि सभा , राष्ट्रिय सभा , प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले यतिबेला निर्वाचन आयोगमा पुगेर नयाँ दलमा आफू गएको जानकारी गराइरहेका छन् । जनप्रतिनिधिलाई नयाँ दलमा जानबाट रोक्न एमालेले सक्दो कोसिस गरिरहेको छ । पार्टी विभा

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 73 पटक पढिएको
  • एमालेमा कलह : पदका लागि सुनसरीमा भिडन्तमा उत्रिए दुई समुह

    बिर्तामोड / पार्टी विभाजन पछि मत्थर हुने मानिएको एमाले भित्रको कहल फेरि सतहमा प्रकट हुन थालेको छ । १० बुँदे सहमति पछि माधव नेपाललाई छाडेर एमालेमै बस्न तयार भएका नेता र ओली समुहबीचको खटपट सतहमा देखिन थालेको हो ।नेपाल पक्षका नेता र ओली समुहबिच जेष्ठ २ गतेकै संरचना र अवस्थामा पार्टी फर्किने समझदारी भएको थियो । समझदारी अनुसार नै नेता योगेश भट्टराई पार्टीको प्रचार विभाग प्रमुख र प्रवक्ता वनेका थिए ।तर समझदारी भएको केही दिनमा नै ओली समुहका नेता प्रदिप ज्ञवालीले राष्ट्रिय विषयवस्तुमा विज्ञप्ति नै जारी गरेर पार्टी धारणा सार्वजनिक गरेपछि पार्टी भित्रको विवाद र कहल समाप्त नभएको देखिएको हो । ज्ञवालीले प्

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 190 पटक पढिएको
  • कांग्रेस महाअधिवेसन : १९ वर्षीया युवती सभापतिमा निर्वाचित

    बिर्तामोड / नेपाली कांग्रेसको आसन्न महाधिवेशनका क्रममा नेतृत्वमा युवा सहभागिताको माग उठिरहेका वेला १९ वर्षीया युवती सभापतिमा सर्वसम्मत चयन भएकी छन् ।दैलेखको दुल्लु नगरपालिका– वडा नम्बर ३ मा भएको निर्वाचनमा १९ वर्षीया किशोरी स्वस्तिका कुमारी महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् ।कांग्रेस दैलेखका नेता एवं दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले महत सभापतिमा निर्विरोध चयन भएको जानकारी गराएका छन् । नेविसङ्घको राजनीतिमा सकृय महत कांग्रेस दैलेखका स्वर्गीय नेता भुपेन्द्रजंङ्ग महतकी छोरी हुन् ।

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 294 पटक पढिएको
  • एमाले अध्यक्ष ओली अस्वस्थ

    काठमाडौँ / प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रबारदेखि बिरामी भएको उनका प्रेस सहयोगी रामशरण बजगाईँले जानकारी दिएका छन् ।ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजगाईँले बताए ।

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 155 पटक पढिएको
  • नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले दिए पार्टीबाट राजीनामा

    काठमाडौँ//  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।वरिष्ठ उपाध्यक्ष सहित पार्टीको सम्पूर्ण काम जिम्मेबारी परित्याग गरेको भन्दै शुक्रबार साँझ एमाले पार्टी कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई नेता गौतमले राजीनामापत्र बुझाएका हुन् ।राजीनामापत्रमा नेता गौतमले अध्यक्ष केपी ओलीलाई नवौँ महाधिवेशनले पारित गरेका राजनीतिक कार्यदिशालाई पालना नगरेको र साझा घोषणा लागु नगरेको गुनासो गरेका छन् ।साथै सर्वोच्च अदालतले असंवैधानिक भनेर खारेज गरेका विषयलाई समेत अध्यक्ष ओलीले आफूलाई सुधार नगरेको  राजीनामापत्रमा उल्लेख रहेको छ। साथै अध्यक्ष ओलीले पार्टी

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 117 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.