काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोलुखुम्बुमा निर्माणाधीन एक आयोजनाको पाइप परीक्षणका क्रममा दुर्घटनामा परी दुई जनाको निधन भएकामा दुःख व्यक्त गरेकी छिन् ।

साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा आज पानी परीक्षणका क्रममा पाइप विस्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो ।

OM Sai Pathibhara Hospital

मन्त्री भुसालले दुई युवा तथा प्रतिभाशाली प्राविधिकको असामयिक निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएकी छन् । मन्त्री भुसालले उहाँहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन, आफन्त तथा सहकर्मीमा समवेदना प्रकट गरेकी छन् ।

पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको हो । प्रवर्द्धक कम्पनीका अनुसार पाइपको ज्वाइन्टमा परीक्षण गर्न पानी पठाउँदा दुर्घटना भएको हो । आयोजनामा ६०० मिटरको उचाइबाट प्रतिसेकेन्ड १७ घनमिटर पानी तीव्र गतिले पेनस्टक पाइपमा खस्दा त्यसभित्रको चापका कारण विस्फोट भएको बताइन्छ । आयोजनामा प्रयोग गरिएका हाइड्रो – मेकानिकलतर्फको काममा यो दुर्घटनाले प्रश्न खडा गरेको छ ।